पहिरोले घर पुरिँदा पर्वतमा दम्पती बेपत्ता



हाम्रो इकोनोमि

 

 

पर्वतको मोदी गाउँपालिका वडा नं ३ लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता भएका छन् । आज बिहान करिब ४ बजेतिर पहिरोले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएकी हुन् । ३२ वर्षीया बुहारी पवित्राले भने भागेर ज्यान जोगाएकी छन् ।

सुतिरहेको अवस्थामा पहिरोले घर पुरिँदा उनीहरु दम्पती बेपत्ता भएको गाउँपालिका अध्यक्ष हिरादेवि शर्माले बताइन् । उनले भनिन्उ हाँ एक जनाकोघरमा मात्र पहिरो खसेको हाे । अहिले उनीहरुको खोजीको लागि प्रहरी र स्थानीय परिचालन भइसकेको छ । तर अहिलेसम्म उहाँहरुको अवस्था अज्ञात नै छ ।’

उनका अनुसार घरमा सासुससुरा र बुहारी मात्रै थिए । नातिनातिनी मामा घर गएका थिए । नातिनातिनी घरमा नभएकाले उनीहरु जोगिएको उनले बताइन् । आफूहरु पनि घटनास्थलमा जान लागेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...