केपी ओली र विद्या भण्डारीबीच भेटघाट हुँदै



हाम्रो इकोनोमि

 

 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विद्यादेवी भण्डारीबीच आज छलफल हुने भएको छ । पार्टी मुख्यालय च्यासलमा दिउँसो ३ बजेका लागि भेटघाट तय भएको स्रोतले बतायो ।

एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी विद्याबारे पछिल्लो समय पार्टी बैठकमा बहस सिर्जना भएको छ । भण्डारीले सदस्यता नवीकरण गरेको बताएकी छन् । तर, पदाधिकारी बैठकमा उनको सदस्यता नवीकरण नभएको ओलीले खुलासा गरेका थिए ।

भण्डारीले आफूसँग केही सल्लाह नगरेको बताइरहेका ओली र पछिल्ला बैठकमा जिम्मेवार नेताबाट आइरहेका कुराले अन्योल बढिरहेको बेला दुईजना छलफल गरेर यो विषय टुंग्याउन लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...