किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता हासिल गर्दै १५औं कलेजो ट्रान्सप्लान्ट सफलता पूर्वक सम्पन्न गरेको छ । यस उपलब्धिसँगै अस्पतालले नेपालमै अंग प्रत्यारोपण सेवामा उच्चतम सफलता दर कायम गर्न सफल भएको छ ।