१४ खर्ब ५ अर्ब राजश्व उठने अनुमान, ६ खर्ब ५७ अर्ब बजेट घाटा



हाम्रो इकोनोमि

 

 

सरकारले आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट ल्याउँदा स्रोत अभाव भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २१ खर्ब रुपैयाँभन्दा बढीको बजेट घोषणा गरेका छन् । घोषित बजेटमध्ये राजश्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ स्रोत जुट्ने उनको अनुमान छ । यस्तै, वैदेशिक अनुदान ६१ खर्ब ७४ करोड प्राप्त हुने अपेक्षा उनले राखेका छन् ।

त्यसपछि करिब ६ खर्ब ५७ खर्ब रुपैयाँ बजेटको स्रोत अपुग हुने छ । अपुग स्रोत वैदेशिक र आन्तरिक ऋणबाट पूर्ति गर्ने अर्थमन्त्री वाग्लेले बताए । यसका लागि सरकारले ठूलो परिमाण ऋण लिनुपर्ने भएको छ । अर्थमन्त्रीले वैदेशिक ऋण २ खर्ब ४७ अर्ब २८ करोड रुपैँया परिचालन गरिने जनाएका छन् ।

यस्तै ४ सय १० अर्ब आन्तरिक ऋण लिने उनको भनाइ छ । वाग्लेले भने आगामी वर्ष २ खर्ब ४५ अर्ब ८९ करोड आन्तरिक ऋणको साँवा भुक्तानी हुने भएकाले खुद १ खर्ब ६४ अर्ब ११ करोड मात्र आन्तरिक ऋण परिचालन गर्दा पुग्छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...