१४ खर्ब ५ अर्ब राजश्व उठने अनुमान, ६ खर्ब ५७ अर्ब बजेट घाटा



हाम्रो इकोनोमि

 

 

सरकारले आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट ल्याउँदा स्रोत अभाव भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २१ खर्ब रुपैयाँभन्दा बढीको बजेट घोषणा गरेका छन् । घोषित बजेटमध्ये राजश्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ स्रोत जुट्ने उनको अनुमान छ । यस्तै, वैदेशिक अनुदान ६१ खर्ब ७४ करोड प्राप्त हुने अपेक्षा उनले राखेका छन् ।

त्यसपछि करिब ६ खर्ब ५७ खर्ब रुपैयाँ बजेटको स्रोत अपुग हुने छ । अपुग स्रोत वैदेशिक र आन्तरिक ऋणबाट पूर्ति गर्ने अर्थमन्त्री वाग्लेले बताए । यसका लागि सरकारले ठूलो परिमाण ऋण लिनुपर्ने भएको छ । अर्थमन्त्रीले वैदेशिक ऋण २ खर्ब ४७ अर्ब २८ करोड रुपैँया परिचालन गरिने जनाएका छन् ।

यस्तै ४ सय १० अर्ब आन्तरिक ऋण लिने उनको भनाइ छ । वाग्लेले भने आगामी वर्ष २ खर्ब ४५ अर्ब ८९ करोड आन्तरिक ऋणको साँवा भुक्तानी हुने भएकाले खुद १ खर्ब ६४ अर्ब ११ करोड मात्र आन्तरिक ऋण परिचालन गर्दा पुग्छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...