एमालेका कुन नेताले के जिम्मेवारी पाए ? सूचीसहित



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) ले वर्तमान सरकार स्वेच्छाचारी तथा अधिनायकवादी बाटोमा अघि बढेको निष्कर्ष निकालेको छ । पार्टीले सचिवालय बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानि) सार्वजनिक गर्दै सरकारका गतिविधिप्रति गम्भीर असन्तुष्टि जनाएको हो ।

गत जेठ ४ गतेदेखि १० गतेसम्म बसेको सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै एमालेले सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य, संसदीय प्रणाली तथा स्वतन्त्र सञ्चारमाध्यममाथि दबाब सिर्जना गरेको आरोप लगाएको छ ।

पार्टीले सरकार गठन भएयता संसद्लाई कमजोर बनाउने, अध्यादेशमार्फत शासन सञ्चालन गर्ने, सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने तथा सुकुम्बासीहरूमाथि अमानवीय व्यवहार गरेको दाबी गरेको छ । यस्ता गतिविधिविरुद्ध सदन र सडक दुवैबाट विरोध अभियान सञ्चालन गर्ने निर्णयसमेत एमालेले गरेको जनाएको छ ।

एमालेले हालैको निर्वाचन परिणामको समीक्षा गर्दै पार्टी पुनर्गठनका लागि उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा कार्यदल गठन गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणामलाई गम्भीर रूपमा समीक्षा गरिएको र वैचारिक, राजनीतिक तथा संगठनात्मक रूपमा पार्टीलाई थप सुदृढ बनाउन कार्यदल गठन गरिएको जानकारी दिनुभएको छ ।

पार्टीले संगठनभित्र एकता, अनुशासन र सक्रियता अभिवृद्धि गर्दै पुनर्जागरण तथा पुनरुत्थान सम्भव रहेको निष्कर्षसमेत निकालेको छ । यस्तै, एमालेले ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको वरीयता निर्धारण गरेको जनाएको छ । वरीयताअनुसार अध्यक्षमा केपी शर्मा ओली, पहिलो उपाध्यक्षमा रामबहादुर थापा, दोस्रो उपाध्यक्षमा विष्णु पौडेल, तेस्रो उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, चौथो उपाध्यक्षमा गोकर्ण विष्ट र पाँचौँ उपाध्यक्षमा रघुजी पन्त रहनुभएको छ ।

महासचिवमा शंकर पोखरेल तथा उपमहासचिवहरूमा लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ रहनुभएको छ । एमालेले संगठन सुदृढीकरणका लागि देशव्यापी ‘पार्टी जागरण अभियान’ सञ्चालन गर्ने निर्णय पनि गरेको छ । अभियानअन्तर्गत केन्द्रीय नेताहरूलाई प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म जिम्मेवारी तोकिने जनाइएको छ ।

त्यसैगरी, आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार र सदस्यता नवीकरण अभियानलाई तीव्र बनाइने एमालेले जनाएको छ । पार्टीले संगठित सदस्यता नवीकरणको काम जेठ मसान्तभित्र सम्पन्न गर्न मातहतका कमिटीहरूलाई निर्देशन दिएको छ । अपानिअनुसार पार्टीको प्रचार विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य निरज आचार्यलाई दिइएको छ भने प्रेस चौतारी नेपालको इञ्चार्जमा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...