सभामुख र राष्ट्रियसभा अध्यक्षसँग राष्ट्रपतिले गरे छलफल
राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख देवराज घिमिरे साथै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेट भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार बिहान १० बजेदेखि आधा घण्टा छलफल भएको हो । छलफल संसदको अवरोध खुलाउने विषयमा केन्द्रित भएको बताइएको छ