भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या, काठमाडौं नै फर्कियो



हाम्रो इकोनोमि

 

 

भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । जहाजको इन्डिकेटरमा समस्या आएपछि १३ मिनेटमा काठमाडौं अवतरण गरेको छ । उडान नम्बर ८१७ को बुद्ध एयरको जहाज १ः५३ बजे उडेको थियो । उड्दाउड्दै समस्या आएपछि १ः५३ मा काठमाडौं विमानस्थलमै ल्याण्ड भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको १३ मिनेटपछि फेरि सोही विमानस्थलमा सिंगल इन्जिनबाट ल्याण्ड भएको विमानस्थलका प्रवक्ता सुवास झाले  जानकारी दिए । जहाजमा ७० जना यात्रु थिए । उनीहरुलाई अर्को जहाजमार्फत भैरहवा पठाइएको बुद्ध एयरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...