माओवादीले हजारौं मान्छे मारेका हत्याकाण्डको छानबिन हुनुपर्छ : जसपा



हाम्रो इकोनोमि

 

 

र हत्याकाण्डको छानबिन गर्ने भनी सरकारले गरेको सहमतिबाट बिच्किएको सत्तारुढ जनता समाजवादी पार्टीले माओवादीले जनयुद्धकालमा गरेका हत्याकाण्डको पनि छानबिन हुनुपर्ने भनेको छ । जसपाले आजै दिउँसो सरकारले गौर हत्याकाण्डको फाइल खोल्ने भनेर गरेको पछिल्लो सहमतिबारे पार्टीको आधिकारिक धारणा राख्न पत्रकार सम्मेलन गर्दैछ । त्यसअघि जसपा नेता तथा सांसद प्रदीप यादवले माओवादीले गरेका हत्याकाण्डको पनि छानबिन हुनुपर्ने बताए । यादवले भने, ‘गौर हत्याकाण्ड माओवादीले निहुँ खोजेर भएको भन्ने पतिवेदन हरि घिमिरेको न्यायिक आयोगले समेत दिएको हो । अहिले आएर जुन नियतले यो कुरा उठाइएको छ, त्यसो हो भने माओवादीले गरेका हजारौंको हत्या काण्डहरुको पनि छानबिन हुनुपर्छ, किनभने पीडितहरूले जिल्ला जिल्लाबाट निवेदन दिएका छन् । गौर हत्याकाण्डको छानबिन गर्ने भनेकै कारण सरकारबाट जसपा बाहिर नजाने समेत यादवले बताए । उनले यसबारेमा पार्टीको धारणा आजै पत्रकार सम्मेलनबाट सार्वजनिक हुने बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...