कपनको खोला खन्न पुग्दा काठमाडौं नगर प्रहरी र स्थानीयबीच झडप



हाम्रो इकोनोमि

 

काठमाडौं महानगर प्रहरी र कपनका स्थानीयबीच झडप भएको छ।

बिहीबार काठमाडौं महानगर प्रहरी बलको टोली कपनको मिलनचोकस्थित खहरे खोला खोतल्न पुग्दा स्थानीय र नगर प्रहरीबीच झडप भएको बूढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीले जानकारी दिए।

काठमाडौं महानगरपालिकाले समन्वयन नगरी डोजर ल्याएर खोला खोतल्न थालेपछि समस्या उत्पन्न भएको हो। ‘कुनै समन्वयन नगरी डोजर लिएर आउनुभएको थियो,’ उनले भने, ‘अहिले डोजर प्रयोग गर्न दिइएको छैन। आजै काठमाडौंका मेयर बालेन शाहसँग कुराकानी गर्नेछु।’

यस्तै बुढानीलकण्ठका प्रवक्ता नवराज भट्टराईका अनुसार काठमाडौं महानगर र बूढानीलकण्ठ नगरपालिकाको सिमानाबारे पहिलेदेखि नै केही विवाद थियो।

‘महानगरसँग जोडिएको वडा नम्बर ६, ७ र बूढानीलकण्ठको १० र १२ को सिमानाबारे पहिलेदेखि नै विवाद थियो,’ उनले भने, ‘वडा ७ को विवाद भने केही टुंगिएको थियो। अरू ठाउँको सीमाना विवाद सुल्झाउन वडासँग विभिन्न समयमा कुराकानी भइरहेको थियो।’

तर त्यहाँका स्थानीयहरूले २०२१ सालको नापी नक्सा अनुसार दुबै नगरपालिकाले सिमाना राख्नुपर्ने माग गरेका थिए। तर नापी आएका बेला नापजाँच गर्न नदिँदा अहिलेसम्म समस्या सुल्झिन नसकेको बताइएको छ। काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिका तर्फका वडाध्यक्षहरूबीच समन्वय भइरहेका बेला एक्कासि महानगरपालिकाको डोजर पुगेको प्रवक्ता भट्टराईले बताए।

‘दुवैतर्फका वडाध्यक्षबीच कुराकानी पनि भइरहेको छ। सिमाना निर्क्यौल गर्नेबारे कुराकानी भइरहेको छ,’ उनले भने, ‘कुनै जानकारी नदिई नगर प्रहरी आएर खोला खोतल्न थालेकोमा हाम्रो आपत्ति छ।’ महानगर प्रहरी बलका निरीक्षक ईश्वर वाग्लेले भने बूढानीलकण्ठका मेयरसँग समन्वयन गरेरै डोजर गएको बताए।

‘हामीले मेयरसँग कुराकानी गरेका थियौं,’ उनले भने, ‘तर अहिले एक्कासि उहाँले बाटो खन्न पाइँदैन भनेर भन्नुभयो। सोही क्रममा झडप भएको हो।’ त्यस्तै, महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले यसबारे आफूलाई कुनै जानकारी नआएको बताए।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...