चिकित्सा शिक्षा सरोकार संघर्ष समितिद्धारा तेस्रो चरणको आन्दोलन घोषणा



हाम्रो इकोनोमि

 

 

प्राविधिक चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले १४ बुँदे माग राख्दै तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐनको कारण नर्सिङ कलेजहरु धमाधम बन्द हुन थालेको भन्दै समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । पहिलो र दोस्रो चरणका आन्दोलनका कार्यक्रमबाट आफूहरुको माग सम्बोधन नभएको भन्दै तेस्रो चरणमा शान्तिपूर्ण सडक आन्दोलन घोषणा गरिएको समितिका संयोजक निर्मल सापकोटाले बताए । देशमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रणालीलाई प्रभावकारी सञ्चालन गर्नेतर्फ राज्यलाई दबाब दिन समितिले असार ७ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

तेस्रो चरणको आन्दोलन २७ गते माइतीघरमा शान्तिपूर्ण धर्नाबाट सुरु हुने उनले बताए । २८ गते सबै शिक्षण संस्था बन्द गरी कलेज सञ्चालकहरु, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरुको र्‍याली गर्ने कार्यक्रम रहेको छ । यसबाट उत्पन्न हुने अवस्थाको जिम्मेवार राज्यले लिनुपर्ने उनले चेतावनी दिए । चिकित्सा शिक्षा ऐनले बन्द भएका कलेजहरु खुल्नुपर्ने उनीहरुको माग छ । चिकित्सा शिक्षा ऐनका कारण सीटीईभीटीअन्तर्गत सञ्चालित प्रि(डिप्लोमा तहका स्वास्थ्य विषयका १३७ र स्टाफ नर्सतर्फका ७३ वटा शैक्षिक संस्था बन्द भएका छन् । त्यस्तै विश्वविद्यालयअन्तर्गतका स्नातक तहका बीएन पढाइ हुने १० र बीएस्सी नर्सिङ पढाइने ८ गरी २२८ वटा शिक्षण संस्थाहरु बन्द भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...