समाचार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् । बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज पूर्ण परीक्षणका लागि पोखरा लगिने क्रममा भएको दुर्घटनाबारे सम्पूर्ण जानकारी तथा छानबिन प्रक्रियाका लागि प्रधानमन्त्रीले बैठक डाकेका हुन् ।