दल र नेतालाई अवरोध गरेर चुनाव हुन्छ : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन नसक्ने टिप्पणी गरेका छन् । भदौ २३-२४ को विध्वंसबाट गठन भएको गैर लोकतान्त्रिक सरकारबाट लोकतन्त्रप्रतिको प्रतिबद्धता खोज्नु नहुने उनको जिकिर छ । एमाले झापाका अगुवा कार्यकर्ताहरूसँग  भर्चुअल सम्बोधनमा उनले सरकारले चुनाव गराउने नाटक गर्नु आफैँमा हास्यास्पद भएको बताए ।

‘यो सरकार चुनाव गराउने भन्छ । नेताहरूलाई स्थान हद तोकेको छ । जिल्ला जान नपाउने, निर्वाचन क्षेत्र जान नपाउने, प्रचार गर्न नपाउने । राजनीतिक दल र नेताहरूलाई यस प्रकारको अवरोध गरेर कस्तो प्रकारको चुनाव गर्न खोजिएको हो ? उनको प्रश्न थियो ।

एमालेमाथि जेन-जीका नाममा भएको आक्रमण पार्टीले राष्ट्रियता, राष्ट्रहित, विकास र समृद्धिका काम गरेकोमा तिनलाई निस्तेज पार्ने प्रयास भएको ओलीको दाबी छ । यस प्रकारको आक्रमण रोक्न एमाले सक्षम रहेको भन्दै उनले अराजकता रोक्न टोलटोलमा टोल सुरक्षा समिति गठन गरिरहेको बताए । सुरक्षा समितिले अपराधिक गतिविधिको नियन्त्रण, त्यसमा संलग्नहरूलाई प्रहरीलाई बुझाउने र समुदायमा सुरक्षाको प्रत्याभूति दिने काम गर्ने उनले बताए ।

अध्यक्ष ओलीले गैर संवैधानिक तरिकाबाट विघटन गरिएको प्रतिनिधिसभाको पुन:स्थापनाका लागि एमालेले व्यापक दबाब सृजना गर्न कार्यकर्ताहरूलाई निर्देशन दिए । प्रतिनिधिसभाको पुन:स्थापना मार्फत लोकतान्त्रिक पद्धतिलाई सही बाटोमा ल्याउने भन्दै ओलीले कात्तिक २९ गतेको जागरण सभालाई झापामा भव्यरूपमा आयोजना गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...