संसद पुनःस्थापना, संविधान संशोधन, सर्वदलीय सरकार एमालेको रोडम्याप : प्रदीप ज्ञवाली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसद पुनस्थापना, संविधान संशोधन, सर्वदलीय सरकार र अर्लि इलेक्सन एमालेको रोडम्याप भएको बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् । संसद पुनःस्थापना, संविधान संशोधन, जेन्जीसहितको सर्वदलीय सरकार र अर्लि इलेक्सन एमालेको रोडम्याप हो,’ ज्ञवालीले भने, ‘यथास्थितिमा चुनाव भएको त्यसको कुनै औचित्य हुँदैन ।

यथास्थितिमा हुने चुनाव शाही कालमा भएको स्थानीय सरकार जस्तै हुन्छ, उनले भने, ‘सरकारले चुनाव गराउने बताए पनि चुनावको वातावरण गराउन तयार देखिएको छैन, दलका नेताको अनुहार हेर्नु छैन भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले चुनावको वातावरण बन्न सक्दैन । उनले संविधान घाइते अवस्थामा भएको भन्दै संविधानले नचिन्ने सरकारले शासन गरेको दाबी समेत गरे । ‘अहिले संविधान घाइते अवस्थामा छ, उनले भने, ‘लोकतन्त्र खतरामा छ । संविधानले नचिन्ने सरकार छ । संविधानले अस्वीकार गरेका मन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...