समाचार

प्रतिवेदनले ममाथिको मूल आरोप खारेज गर्‍यो : रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय छानबिन समितिको प्रतिवेदनले आफूलाई सहकारी ठगीको मुख्य आरोपबाट सफाइ दिएको दोहोर्‍याएका छन् । समितिको मुख्य निचोडलाई छायाँमा पारेर भ्रमपूर्ण प्रचार भइरहेको उनले बताए । रास्वपाको आज सुरू भएको राष्ट्रिय भेलामा बोल्दै लामिछानेले