शीर्ष नेताको घरमा एकाध करोड हुनु सामान्य : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनमा आगजनी भएको आफ्नो घरबाट एक लाख नगद मात्रै भेटिएको दावी गरेका छन् । आफूले घरमा खासै पैसा राख्ने नगरेको उनको भनाइ छ ।

एक टेलिभिजनमा अन्तरवार्ता दिँदै प्रचण्डले आफूले सुरक्षाका खातिर १०–५ लाख रुपैयाँ गरेर साथीभाइको घरमा राख्न दिने गरेको खुलासा समेत गरे । 

 

प्रस्तोताः तपाईंको मुखबाट सुन्न चाहेको एउटा जवाफ छ । तपाईंले त्यति धेरै पैसा घरमा किन राख्नुभएको ?

प्रचण्डः कहाँ थियो पैसा ? कसले देखायो ? नहुने कुरा । अन्तको पैसा यसको भनेर एकथरिले फेक प्रचार गरेका हुन् ।

 

प्रस्तोता : भनेपछि तपाईंको पनि एआइकै पैसा हो कि क्या हो ?

एआइ हो कि के हो । अरुको घरमा देखिएको पैसा प्रचण्डकोमा देखिएको भनेर प्रचार भयो । प्रचण्डकोमा देखिएको भनेको जम्मा एक लाख रुपैयाँ हो । पत्रकारले गएर, हेरेर सबै छानविन गर्दा देखिएको भनेको एक लाख हो । कुरा बुझ्नुभो त ।

प्रचण्ड (हाँस्दै) : थाहा पाएँ । त्यसको खण्डनमा पनि सचिवालयबाट विज्ञप्ति आइसकेको छ । सावित गर भनेर चुनौति दिइएको छ । त्यो १०० प्रतिशत झूटो थियो । सबै हेर्दा कहीँ न कहीँ निकै ठूलो षडयन्त्र छ जस्तो लाग्छ नेपालका पार्टी र नेताहरुविरुद्ध । प्रहरीको पूर्वअफिसरले यति ठूलो प्रचार गर्ने र सेन्सेसन फैलाउने काम गरे । म राति १० बजेसम्म खुमलटारमा मिटिङमा छु । सबै नेताहरु त्यहाँ जम्मा छन् । ११ बजे बेडमा गएको छु । आरामसँग सुतेको छु । केको ट्रकमा लाने ? हावा कुरा ।

 

प्रस्तोताः यति ठूलो पार्टी सञ्चालन गरिरहनुभएको छ, देशैभरि संगठन छ, कार्यकर्ताको व्यवस्थापन गर्नुपर्छ । घरमा कहिले बिरामीको उपचार गर्नुपर्छ । कार्यकर्ताको भिड लागेको हुन्छ । चन्दा पनि बैंकिङ च्यानलबाट त्यति धेरै आउँदैन । पार्टीको कोष सञ्चालनमा अध्यक्ष नै पावरफुल हुनुहुन्छ । त्यसैले शीर्ष नेताको घरमा एकाध करोड हुनु ठूलो त होइन नि ?

(घुमाउरो तरिकाले गरिएको यो प्रश्नले प्रचण्डलाई सत्य ओकल्न वाध्य पार्यो । उनले आश्चर्यजनक स्वीकारोक्तिसहित यस्तो जवाफ दिए )
त्यो ठूलो कुरा होइन (एकाध करोड) हुन सक्छ । तर मैले घरमा पैसा राख्दैनथेँ । साथीहरुकैमा राखिदिन्थेँ । अलिअलि गरेर, बरु १० लाख, ५ लाख, ४ लाख गरेर विभिन्न ठाउँमा राख्दा सुरक्षित पनि हुन्छ र सजिलो पनि हुन्छ भनेर । फेरि पार्टीभित्र के हो भनेर प्रश्न पनि उठ्दैन । विभिन्न ठाउँमा राखेको छ थाहा छ साथीहरुलाई पनि ।

 

प्रस्तोताः त्यस्तो पारदर्शी हुन्छ ?

प्रचण्डः एउटा लेभलसम्म त पारदर्शी हुन्छ नि त । नभए चल्दै चल्दैन ।

 

प्रस्तोताः भनेपछि बाँकी १ लाख मात्रै देखियो पैसा ?

प्रचण्डः त्यहाँ त्यही भन्या छन् । मलाई त त्यो पनि के थाहा ।

 

प्रस्तोताः तपाईंकी छोरी गंगा दाहालको घरमा एउटा शव भेटियो र शवले पैसाको झोला नै समाएको झोला नै भेटिएको भनेर निकै हल्ला चलेको छ, त्यसको सत्यता के हो ?

प्रचण्डः त्यसको अनुसन्धान भइरहेको छ । हामीले र गंगाले राज्यलाई सक्ने सहयोग गरिराखेका छौं । त्यो के हो भन्ने अनुसन्धान भएर पुष्टि त भएको छैन । केही पैसा थियो होला त्यहाँ भन्छु मैले । पैसा त पक्कै थियो होला । अघि भनेँ नि प्रतिकात्मकरुपमा, पैसा मसित भए नि कोही यहाँ कोही त्यहाँ राख्ने सन्दर्भमा त्यहाँ पनि पुग्यो होला । मैले सोध्या त छैन यसरी ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...