ईपीएस भाषा परीक्षा आजदेखि



हाम्रो इकोनोमि

 

 

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिएकाहरुको भाषा परीक्षा आजबाट सुरु हुँदै छ । पहिलो चरणमा आज उत्पादन क्षेत्रमा काम गर्न आवेदन दिएकाहरुको परीक्षा हुँदै छ । उत्पादन क्षेत्रमा ६७ हजार जनाले आवेदन दिएका छन् ।

सन् २०२५ मा ईपीएसमार्फत् कोरिया जान चाहने कुल एक लाख दुई हजार ५१५ परीक्षार्थीले आवेदन दिएका छन् । तीमध्ये पहिलो चरणमा उत्पादनतर्फका ६७ हजारलाई प्राथमिकतामा राखेर भाषा परीक्षा सुरु गरिएको हो । दोस्रो चरणमा कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिएकाहरुको परीक्षा हुने छ । कृषि तथा पशुपालन क्षेत्रमा ३५ हजार जनाले आवेदन दिएका छन् ।

दक्षिण कोरिया जान रोस्टरमा रहेका युवाहरुले पहिला आफूहरूलाई कोरिया लैजानुपर्ने माग राख्दै परीक्षा नगर्न अनुरोध गर्दै आइरहेका थिए । यही बेला उत्पादनमूलक क्षेत्रका ६७ हजार परीक्षार्थीको भाषा परीक्षा सुरु गरिएको हो ।

भाषा परीक्षा दुई महिनाभित्र सक्ने तयारी रहेको वैदेशिक रोजगार विभागको ईपीएस शाखाले जनाएको छ । दक्षिण कोरियाले १७ ईपीएस सदस्य देशहरुमध्ये नेपालबाट सबैभन्दा बढी श्रमिक लग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...