एकता भाँड्न खोज्दा ओली र मलाई मदन भण्डारीले झन्डै पार्टीबाट निकाले : वामदेव गौतम
०३६ साल जेठमा रुपन्देहीमा आयोजित पार्टीको केन्द्रीय कमिटी बैठकमा मदन भण्डारीलाई मैले पहिलोपटक भेटेको थिएँ । हामीले पुष्पलाल समूहबाट सँगसँगै विद्रोह गरेका थियौँ । विद्रोहमा म रुपन्देहीबाट, उहाँ मोरङबाट नेपाल क्रान्तिकारी बुद्धिजीवी संगठनको सदस्यका रूपमा एउटा समूहको नेतृत्व गर्दै सामेल हुनुभयो । मदनसँगै