भातखाने डाँडा जाँदै गर्दा भएको जिप दुर्घटनामा वडा सदस्यसहित दुईजना ठहरै



हाम्रो इकोनोमि

बागलुङको ताराखोला गाउँपालिकाको अर्गलमा बिहीबार दिउँसो भएको पिकअप जिप दुर्घटनामा परी वडा सदस्यसहित दुईजनाको मृत्यु भएको छ।  घुस्मेलीदेखि अर्गल भातखाने डाँडा जाँदै गरेको ग१ज ६० ३४ नम्बरको गाडी दुर्घटना हुँदा ताराखोला गाउँपालिका ३ का वडा सदस्य २४ वर्षीय हेमन्त घिमिरे र सोही ठाउँका ५४ वर्षीय हरिराम गिरीको मृत्यु भएको हो। दुर्घटनामा परी अन्य दुईजना गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा ताराखोला गाउँपालिका- ३ का २७ वर्षीय  जिप चालक डम्बरबहादुर घिमिरे र सोही स्थानका ४२ वर्षीय कर्ण भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विश्वराजसिंह थापाले जानकारी दिए।  घाइते दुवैलाई उपचारका लागि गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौर लगिएको छ। दुवैको अवस्था  दुर्घटनाग्रस्त गाडी सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरी नायव उपरीक्षक थापाले बताए। दुर्घटना कसरी भयो भन्ने विषयमा कारण खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...