एकता पछिको पार्टी नेतृत्व सम्हाल्न सक्षम छु : बिसी
दुई कम्युनिष्ट पार्टीको एकता अन्तिम चरणमा पुगेसँगै सुदूरपश्चिममा पनि पार्टी एकता प्रक्रिया र नेतृत्वको होडबाँजी चल्न थालेको छ । अहिले योसँगै तत्कालिन नेकपा एमालेका उपाध्यक्ष एवम् नेकपाका प्रभावशाली नेता भीम रावलको गृहजिल्ला अछाममा पनि पार्टी एकताको राप निकै बढेको