कञ्चनपुर घटना छानविन गर्न ५ सदस्यीय समिति गठन



हाम्रो इकोनोमि

 

सरकारले कञ्चनपुर घटनाको विषयमा छानविन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीकोे अध्यक्षतामा छानविन समिति गठन गरेको छ।

 

बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा स्थानीयले आन्दोलन चर्काउँदै लगेपछि गृह मन्त्रालयले घटना छानविनको पहल थालेको हो।

 

गृहस्रोतका अनुसार ५ सदस्यीय उक्त समितिले तत्काल घटनास्थल पुगी आवश्यक अनुसन्धान गर्नेछ। विहीबार बिहानैदेखि जारी आन्दोलनमा प्रहरी र आन्दोलनकारीबीच भडप भइरहेको छ।

झडपमा छ जना आन्दोलनकारी र दुई जना प्रहरी घाईते भएका छन्। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...