विद्यालय राजनीति गर्ने थलो होइन, राजनीति गर्ने भए राजीनामा दिएर घर जानुस मन्त्री पोखरेल



 

शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल शिक्षकलाई राजनीति नगर्न निर्देशन दिनुभएको छ । शिक्षकले राजनीति गरेकै कारण लगानी अनुसारको प्रतिफल नआएको भन्दै मन्त्री पोखरेलले शिक्षकलाई सच्चिन निर्देशन दिनु भएको हो ।

 

धनुषाको जनकपुरमा विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि बिषयक एक दिवशिय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री पोखरेलले विद्यालयको कक्षाकोठामा हुनुपर्ने शिक्षक पोशकसहित पार्टी कार्यालयमा भेटिनु दुःखद् भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘ शिक्षक विद्यालयको कक्षाकोठामा हुनुपर्छ, शिक्षक ले राजनीति गर्ने होइन । शिक्षकको परिचय बोकेर राजनीति गर्ने शिक्षकहरु सच्चिनुस ।

 

तपाईहरुको पहिलो जिम्मेवारी विद्यालय र विद्यार्थी हो ।’
उहाँले राम्रो गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्डको व्यवस्था हुने स्पष्ट पार्नुभयो । शिक्षामा क्रान्ति र परिवर्तन ल्याउन शिक्षकको सबैभन्दा महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै मन्त्री पोखरेलले भन्नुभयो–‘ कक्षाकोठामा जानुस्, स्कुल बदल्नुस्, शिक्षाको गुणात्मक परिवर्तन गर्नुस् । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर बढेन भन्ने तर बढाउन नखोज्ने, मेहनत नगर्ने प्रवृत्ति हटाउनुस। अब यसरी सधैं चल्दैन ।

 

शिक्षामा आमुल परिवर्तनको विकल्प छैन ।’
पुरानै शैली र परम्परामा सामुदायिक विद्यालयको सुधार सम्भव नरहेको मन्त्री पोखरेलले बताउनुभयो । अब सबैले नयाँ ढंगबाट जिम्मेवारी पूर्वक सोच्नुपर्ने उहाँको भनाइ छ । उहाँले एकजना शिक्षकका कारण हजारौं युवाको भविष्य बर्बाद हुने उल्लेख गर्दै जिम्मेवारीपूर्वक कक्षाकोठामा विद्यार्थीलाई सिकाउन आग्रह गर्नुभयो ।

 

अन्त कतै जगिर नपाएपछि शिक्षक हुने र बनाउने परम्पराको अन्त्य आवश्यक रहेको मन्त्री पोखरेलले उल्लेख गर्नुभयो । अब खल्तीबाट झिकेर शिक्षक बनाउने दिए गएको बताउँनुहुँदै मन्त्री पोखरेलले सक्षम र जिम्मेवारी निर्वाह गर्नेले मात्र अवसर पाउने बताउनुभयो ।
सामुदायिक बिधालयको शिक्षाको गुणस्तर बृद्धि हुन नसकेको विषयलाई लिएर मन्त्री पोखरेलले शिक्षकहरु अझ बढी जिम्मेवार र मेहनती हुन आबश्यक रहेको उल्लेख गर्नुभयो ।
मन्त्री पोखरेलले बिधालय बाहिर रहेका सबै बालबालिकालार्इ यो बर्ष विद्यालयमा ल्याउन र टिकाउनका लागी अभियान चलाएर अघि बढ्न स्थानीय सरकारलाई सझाउनु भयो ।

 

भदौ मसान्तसम्म घरधुरी सर्वेक्षण गरेर नगर, गाउँका सरकार ले आफ्नो निकायलार्इ साक्षर भएको घोषणा गर्न र आफ्ना वरपरका स्कुलमा परिवर्तन ल्याउन उहाँले आग्रह गर्नुभयो । दुर्इ नम्बर प्रदेश शिक्षामा कर्णाली भन्दा पछि परेको भन्दै मन्त्री पाखरेलले आर्थिक, भौगोलिक विकास र सास्कृतिक तीनै पक्षको विकास गरी बालबालिकालाई विद्यालयमा ल्याउन र टिकाउन स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

 

शिक्षक सेवा आयोगको परिक्षाबाट पास हुने शिक्षकहरु पनि पुरानै परम्परा अनुसार शिक्षण गराउन नपाउने उहाले प्रष्ट पार्नुभयो । उहँले भन्नुभयो–‘ बिद्यार्थी कमजोर छ भने १र२ नम्बर दिंदा फरक पर्दैन तर असक्षम शिक्षकलाइ नम्बर दिनु हुदैन ।’

उहाँले यो वर्ष सबै बालबालिकालाई विद्यालय ल्याउने सरकारको योजनामा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । विद्यालय ल्याउने सँगै टिकाउने अभियानपनि विद्यालयले सञ्चालन गर्नुपर्ने मन्त्री पोखरेलले उल्लेख गर्नुभयो । उहाँले भदौ मसान्तसम्म घरधुरी सर्वेक्षण गरेर नगर, गाउँका सरकारले आफ्नो निकायलाइ साक्षर भएको घोषणा गर्न निर्देशन दिनुभयो ।

 

अहिलेपनि देशभर २३ हजार शिक्षक आवश्यक रहेको मन्त्री पोखरेलले जानकारी दिनुभयो । यसलाई स्थानीय निकाय सङ्ग सहकार्य गरेर व्यवस्थापन गर्ने योजना रहेको उहाँले बताउनुभयो । स्थानीय निकाय राज्यको जग भएकाले जग बलियो भए मात्रै केन्द्र सरकार बलियो र सम्मृृद्ध नेपाल बन्ने मन्त्री पोखरेलले उल्लेख गर्नुभयो ।

 

शिक्षा तथा मानव श्रोत विकास केन्द्रको आयोजना तथा जय गोविन्द शाह अध्ययन केन्द्रको संयोजनमा भएको कार्यक्रमको अध्यक्षता जनकपुर उपमहानगर पालिका नगर प्रमुख लाल किशोर शाहले गर्नुभएको थियो ।कार्यक्रममा धनुषा जिल्लाका नगर प्रमुख र गाउँ पालिका प्रमुखहरु, शिक्षा सङ्ग सम्बन्धित कार्यालय प्रमुखहरु, जय गोविन्द शाह अध्ययन केन्द्रका इन्द्र लामा, श्रोत व्यक्ति, शिक्षाको कर्मचारीहरु, बिधालयका प्रधानाध्यापकहरु, अभिभावक र सामाजिक व्यक्तिहरु ले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका बारेमा निर्देशक नरहरि अर्यालले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्