सिंहदरबारमा सँगै भएनन् पूर्वएमाले र पूर्वमाओवादी, दलको कार्यालय बेग्लाबेग्लै
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) घोषणा भएको तीन महिना बितिसकेको छ । तर, सिंहदरबारमा नेकपा संसदीय दलको कार्यालय भने अझै एउटै हुन सकेको छैन । एकै कार्यालयको अभावमा पूर्वएमाले र पूर्वमाओवादीका सांसद सिंहदरबारमा एकै