बिमस्टेक सम्मेलन नसकिँदै किन फर्किदै छन शेख हसिना बंगलादेश



हाम्रो इकोनोमि

 

प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन काठमाडौं आएकी बंगलादेशी प्रधानमन्त्री शेख हसिना सम्मेलन नसकिँदै स्वदेश र्फकने भएकी छन् । उनी शुक्रबार बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ ।

 

शिखर सम्मेलनको समापन मध्यान्ह १ः४५ बजे हुने परराष्ट्र मन्त्रालयले तयार पारेको तालिकामा उल्लेख छ । आफ्नो देशमा चलिरहेको राजनीतिक आन्दोलनका कारण हसिना सम्मेलन नसकिँदै स्वदेश फर्कन लागेको बंगलादेशका सञ्चार माध्यमले जनाएका छन् । विद्यार्थी आन्दोलन, पत्रकार पक्राउजस्ता विषयका कारण उनको भ्रमण छोट्टिएको द डेलीस्टार डटनेटले उल्लेख गरेको छ ।

 

हसिनाले घरेलु राजनीतिका कारण बिमस्टेक बैठकमा आउन नसक्ने जानकारी प्रधानमन्त्री केपी ओलीलाई गराएकी थिइन् । प्रधानमन्त्री ओलीले फोन गरेर उनलाई ‘अघिल्लो दिन आएर भोलिपल्ट चाडै जानुहोला’ भनेपछि उनी वचन हार्न नसकेर काठमाडौं आएकी हुन् ।

 

बालुवाटारमा भएको एक भेटमा प्रधानमन्त्री ओलीले यसबारे सञ्चारकर्मीहरुलाई जानकारी दिँदै भनेका थिए- ‘सेख हसिनाले खबर पठाउनुभयो कि म त आउन नसक्ने भएँ, एकदमै साह्रो भयो । मैले फोन गरेर विशेष आग्रह गरें- तपाई आउनैपर्छ, बरु छोटो समय लिएर अघिल्लो दिन आउनोस्, भोलिपल्ट छिटै सकौंला, अनि हिँडिहाल्नुहोला भनेर सम्झाएपछि उहाँले नाई भन्न नसकेर बडो मुस्किलले हुन्छ भन्नुभयो ।’

प्रधानमन्त्री हसिना स्वदेश फर्किनुअघि शुक्रबार बिहानको ‘रिट्रिट’ मा सहभागी हुनेछिन् । साथै प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार आयोजना गर्ने रात्रिभोजमा पनि उनी सहभागी हुनेछिन् ।

 

भारतीय प्रधानमन्त्रीसँग भेट

बंगलादेशकी प्रधानमन्त्री हसिनाले सम्मेलनको पहिलो दिनको कार्यक्रम सकिएपछि आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएकी छन् । आज साँझ ६ः ४५ बजेका लागि तय भएको भेटमा आगामी डिसेम्बरमा हुने भनिएको निर्वाचनको विषयमा छलफल हुने बताइएको छ ।

 

हसिनाले आफ्ना नेपाली समकक्षी ओलीसँग भेटवार्ता गरिसकेकी छन् । ५७ सदस्यीय जम्बो भ्रमण टोलीको नेतृत्व गरेर बिहीबार काठमाडौं आइपुगेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
बैंकको खराब कर्जा ५.६४ प्रतिशत पुग्यो

    नेपालको बैंकिङ क्षेत्रमा खराब कर्जाको समस्या थप गहिरिँदै गएको छ ।...

जनकपुरधाममा आइपुग्यो अयोध्याबाट रेल

    भारतको अयोध्याबाट १७ बोकीसहित सरयू–कमला एक्सप्रेस आज बिहान जनकपुरधाम आइपुगेको छ...

बालेन र मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्तरूपमा शिलान्यास

    प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको...

नेपाल-भारतबीच भएका आठ समझदारी

  प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ ।...