रोहिंग्या शरणार्थीबाट सुरक्षा चुनौती, कपन क्षेत्रमा एक हजार सुरक्षाकर्मी, कपनमा नयाँ व्यक्तिलाई निषेध !



हाम्रो इकोनोमि

 

काठमाडौंमा जारी बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनको सुरक्षामा रोहिंग्या शरणार्थी प्रमुख सुरक्षा चुनौती बनेका छन् ।

 

म्यान्मारको रखाइन प्रान्तबाट बिस्थापित भएर काठमाडौंको कपनमा बसिरहेका रोहिंग्या मुसलमान शरणार्थीमाथि नेपाली सुरक्षाकर्मी विशेष निगरानी गरिरहेका छन् ।

रोहिंग्या शरणार्थीमाथिको निगरानीका लागि मात्रै १ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।

 

नेपाल प्रहरीको इन्टिलिजेन्स ब्यूरो, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी करीब १ हजार कर्मचारी रोहिंग्या शरणार्थीको निगरानीका लागि परिचालन भएका सुरक्षा स्रोतले लोकान्तरलाई जानकारी दिएको छ ।
नेपाली सेनाको नेतृत्वमा रहेको विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयको निर्णयअनुसार ३ वटा सुरक्षा निकायका सुरक्षाकर्मीले रोहिंग्या शरणार्थीमाथि निगरानी बढाएका हुन् ।

 

म्यानमानर सैनिकको चर्को दमनका कारण बिस्थापित भएर गत वर्ष काठमाडौं आइपुगेका रोहिंग्याबाट बिमस्टेक सम्मेलनमा सुरक्षा खतरा रहेको नेपाली सुरक्षाकर्मीले विश्लेषण गरेका छन् ।

 

बिमेस्टेक सदस्य रहेको म्यानमारका राष्ट्रपति विन मिन्ट सम्मेलनमा सहभागी हुन मंगलवार नै नेपाल आइपुगेका थिए । मिन्ट काठमाडौं उत्रिएदेखि नै रोहिंग्या शरणार्थी रहेको कपन क्षेत्रमा सुरक्षाकर्मीको निगरानी व्यापक बनाइको थियो ।

 

आतंकवादीले उक्साउन सक्ने आशंका  

पछिल्लो समय अन्तर्राष्ट्रिय आतंकवादी संगठनले भारत र बंगलादेशमा रहेका रोहिंग्या शरणार्थीको प्रयोग गर्ने गरेका केही घटना सार्वजनिक भएपछि नेपालमा रहेका रोहिंग्या शरणार्थीमाथि निगरानी बढाइएको नेपाली सेना स्रोत बताउँछ ।

‘आफ्नो देशबाट विस्थापित भएकाले उनीहरूमा स्वभाविक आक्रोश पनि हुन्छ । उनीहरूलाई आतंकवादीहरुले आफ्नो स्वार्थका लागि पनि प्रयोग गर्ने खतरा छ,’ एक उच्च सैनिक अधिकारी भन्छन्, ‘काठमाडौंमा रहेका रोहिंग्या शरणार्थी आतंकवादीको सम्पर्कमा पुगिसकेका त छैनन् । तर उनीहरूलाई प्रयोग गर्ने सम्भावना रहेकाले निगरानी बढाएका हौं ।’

 

कपनमा नयाँ व्यक्तिलाई निषेध !

बिमस्टेकको चौथो शिखर सम्मेलनको मिति तय भएदेखि सुरक्षा निकायले नै रोहिंग्या शरणार्थीमाथि निगारानी बढाएका थिए । नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागले कपनमा रहेका सबै रोहिंग्या शरणार्थीको पहिचान गरिसकेका छ ।

 

‘हामीसँग कपनमा रहेका सबै रोहिंग्या शरणार्थीको सबै विवरण छ । सबैको व्यक्तिगत विवरणदेखि तस्वीरसम्म हामीले संकलन गरेर राखेका छौं,’ सैनिक स्रोत भन्छ, ‘हामीसँग विवरण नभएको कुनै नयाँ व्यक्ति रोंहिग्या शरणार्थी शिवरमा छिर्न पाउँदैन । उसलाई हामीले बाहिरै रोक्छौं । शंकास्पद् लागे नियन्त्रणमा पनि लिन सक्छौं ।’

 

सैनिक स्रोतका अनुसार रोहिंग्या शरणार्थीको शिवर क्षेत्रवरपर सादा पोशाकमा मात्रै ७०० बढी सुरक्षाकर्मीले ‘रेगुलर ड्यूटी’ गरिरहेका हुन्छन् । यस्तै साँझ र बिहान नेपाली सेनाले गस्ती गर्ने गरेको छ ।

 

सशस्त्र प्रहरी बलले पनि रोहिंग्या शरणार्थी शिवर क्षेत्रमा रेगुलर गस्ती गरिरहेको हुन्छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय मातहत रहेका नेपाल प्रहरीका युनिटहरूले पनि रोहिंग्या शरणार्थी भएको क्षेत्रमा गस्ती र सर्च अभियान चलाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...