अधिकांश नेपाली दसैँको रमझममा व्यस्त रहँदा झापाका चिया श्रमिकलाई भने दसैँले छुन सकेको छैन । गिरिबन्धु, टोकला र बर्ने चिया बगानमा कार्यरत हजारभन्दा बढी श्रमिकले महिनौँदेखि पारिश्रमिक पाएका छैनन् । दसैँमा छोराछोरीलाई एकजोर लुगा किनिदिनसमेत समस्या भएको उनीहरूले बताएका छन् ।
दशैँको टीका (विजयादशमी)को दिन आमनागरिकको सुविधाको लागि नेपाली सेनाले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । आगामी