शीतलनिवासमा टिका : १ देखि २ सम्म बिशिष्ट ब्यक्तित्व, २ देखि ४ बजेसम्म सर्वसाधरणका लागि खुला



हाम्रो इकोनोमि

 

राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २ गते परेको विजयादशमीको दिन विशिष्ट व्यक्तित्वदेखि सर्वसाधारणसम्मलाई टीका लगाउन समय छुट्टयाउनु भएको छ ।

 

दसैंमा टिका थाप्न आउने सर्वसाधरण र बिशिष्ट ब्यक्तिहरुको चाहनाअनुसार राष्ट्रपति भण्डारीले समय तय गर्नुभएको हो ।

 

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेका अनुसार विशिष्ट व्यक्तित्वको लागि दिउँसो १ देखि २ बजेसम्म र सर्वसाधारणलाई २ बजेदेखि अपरान्ह ४ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको छ ।

 

टीका कार्यक्रमका लागि राष्ट्रपति भवन शीतलनिवासको गेट नम्बर १ को ढोका खुल्ला रहने जानकारीसमेत घिमिरेले दिनुभयो ।

 

यस्तो छ बिज्ञप्ती

सम्माननीय राष्ट्रपतिज्यूबाट बडादशैं, २०७५ को अवसरमा मिति २०७५ कात्तिक २ गते शुक्रबार विजया दशमीका दिन सम्माननीय राष्ट्रपतिज्यूबाट टीका ग्रहण गर्न इच्छुक सम्माननीयज्यूहरु, माननीय उपप्रधानमन्त्रीज्यूहरु, माननीय प्रदेश प्रमुखज्यूहरु, माननीय मन्त्रीज्यूहरु, माननीय न्यायाधीशज्यूहरु, संघीय संसदका माननीय सदस्यज्यूहरु, संवैधानिक निकायका माननीय पदाधिकारीज्यूहरु लगायत विशिष्ट महानुभावज्यूहरु तथा निजामती,

 

जंगी, प्रहरी तर्फका अधिकृतस्तरसम्मका राष्ट्रसेवकहरुलाई अपरान्ह १ बजे देखि २ बजेसम्म र अन्य इच्छुक महानुभावहरुका लागि अपरान्ह २ बजे देखि ४ बजे सम्म टीकाको कार्यक्रम रहेको हुँदा सो दिन शीतलनिवासको गेट नं १ को ढोका खुल्ला रहने व्यहोरा जानकारीको लागि अनुरोध छ ।

(केशव प्रसाद घिमिरे)
सहायक प्रवक्ता

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...