इन्काउन्टर गर्न गएको पुलिसको पेस्तोल नपड्केपछि…



हाम्रो इकोनोमि

 

अपराधिक समूहमाथि इन्काउन्टर गर्न गएको प्रहरी टोलीको पेस्तोल नै नपड्किएपछि आपत् आइलागेको छ । भारतको उत्तर प्रदेश राज्यस्थित सम्भलमा शुक्रवार पुलिसले एक अपराधिक समूहका सदस्यमाथि इन्काउन्टरको तयारी गरेको थियो ।

 

अपराधिक समूहका ती सदस्यमाथि इन्काउन्टरका क्रममा पुलिसले प्रयोग गर्ने पेस्तोल नै नपड्किएपछि आपत् आइ लागेको हो । त्यसपछि प्रहरीका एक अधिकृतले मुखैबाट पेस्तोलको ठ्याङ ठ्याङ आवाज निकालेर अपराधिक समूहका सदस्यलाई तर्साउन थाले ।

 

 

यस घटनाको भिडियो सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ। यस भिडियोलाई लिएर पुलिसको हाँसी मजाक गर्न थालिएको छ। जानकारी अनुसार असमोली ठानाका पुलिस मध्यराति सवारीसाधनको चेकिङमा व्यस्त थियो । त्यही क्रममा केही मानिस पुलिसको बार तोड्दै अघि बढे ।

 

पुलिसले उनीहरुलाई पक्रन खोजेपछि उल्टै अपराधिक समूहका सदस्यले गोली चलाए । अपराधिक समूहका सदस्यलाई चुनौती दिँदै जब पुलिसले गोली चलाउन खोज्यो तब पेस्तोल नै चलेन । त्यसक्रममा प्रहरी अधिकारीको पेस्तोलले धोका दियो । कयौँ कोशिश गर्दा पनि गोली नै चलेन ।

 

त्यसक्रममा पुलिसले एकजनालाई पक्राउ गर्न सफल भयो । आरोपीमाथि हत्या र लुटसहितका मुद्दा चलाइयो । तर घटनाका क्रममा अन्य भने भाग्न सफल भए । पुलिसका अनुसार आरोपीबाट  एक पेस्तो र विस्फोट नभएको कार्तोस बरामद भएको छ। त्यस क्रममा अपराधिक समूहको गोली लागेर एक प्रहरी उल्टै घाइते भए ।

प्रतिक्रिया दिनुहोस
८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...

संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...

पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...