दशैँको अवसरमा नेपाली सेनाबाट निःशुल्क बस सेवा



 

दशैँको टीका (विजयादशमी)को दिन आमनागरिकको सुविधाको लागि नेपाली सेनाले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

 

आगामी कात्तिक २ गते विजयादशमीका दिन काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकोले सैनिक तथा गैरसैनिक व्यक्तिहरूको आवागमनमा सुविधा पु¥याउने उद्देश्यले उक्त दिन आठवटा रुटमा ०७ः००, ११ः०० र १५ः०० बजे काठमाडौंको भद्रकालीबाट ३० सिट क्षमताका बसहरू निःशुल्क सञ्चालन गर्न व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।

 

उक्त दिन सञ्चालनमा आउने रुटहरू निम्नअनुसार रहेका छन्–

रुट नं. १ — भद्रकाली, माईतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।

 

रुट नं. २ — भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माईतीघर ।

रुट नं. ३ — भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी (अस्पताल), ताहाचल, टेकु, थापाथली ।

 

रुट नं. ४ — भद्रकाली, माईतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।

रुट नं. ५ — भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तिनकुने, बानेश्वर, शहिदगेट ।

 

रुट नं. ६ — भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।

रुट नं. ७ — भद्रकाली, माईतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माईतीघर, भद्रकाली

 

रुट नं. ८ — भद्रकाली, माईतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।

 

त्यसैगरी, बडादशैं २०७५ को उपलक्ष्यमा घरबिदामा जाने सेनाका सकलदर्जा तथा उनीहरूको आश्रित परिवारका हितको निम्ति नेपाली सेनाले मिति २०७५ असोज २५ गतेबाट ऐ. ३१ गतेसम्म काठमाडौंबाट दोलखा, इटहरी, धनगढी, लमजुङ, रामेछाप, पोखरा, बुटवल, गोरखा, धादिङ/त्रिशुली, चौतारा,

जिप दुर्घटना हँदा दुईको मृत्यु

गुल्मीको चन्द्रकोटमा जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।

बागलुङको हटियाबाट सामान छोडेर चन्द्रकोट फर्कदै गरेको लु १ ज २१८१ नम्बरको जिप आज बिहान ७ बजे दुर्घटना हुँदा चन्द्रकोट गाउँपालिका–२ का ५३ वर्षीय भरतबहादुर गुरुङ र सोही ठाउँका ३९ वर्षीय लालबहादुर गुरुङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख दीपककुमार बस्नेतले जानकारी दिनुभयो ।

गाडी सडकबाट करीब ३०० मिटर तल खोलामा खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । प्रहरीले अहिले घटनास्थलमा जाँदै गरेको बताएको छ ।

 

हेटौडा, नारायणगढ र सिराहा–राजविराज जाने तथा उपत्यकाभित्र आउने गरी निःशुल्क बस सेवा सञ्चालन हुने जानकारी दिइएको छ । उक्त बसहरु सम्बन्धित स्थानबाट प्रत्येक दिनको ०६ : ३० बजे छुट्ने र प्रतिसैनिक व्यक्ति (परिवारसहित) बढीमा ५ जनाले सुविधा लिन पाउने व्यवस्था मिलाइएको बताइएको छ ।

 

यूएईमा पक्राउ परेका गोरेका सहयोगीलाई मोरङ लगिँदै

 

करिब साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे) का सहयोगी वेनु श्रेष्ठ पक्राउ परेका छन् । उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा पक्राउ गरिएको हो ।

 

प्रहरी स्रोतले दुबईबाट पक्राउ परेका श्रेष्ठलाई आइतबार दिउँसो नेपाल ल्याइएको जानकारी दिएको छ । उनलाई अहिले महानगरीय प्रहरी वृत्त, गौशालाको हिरासतमा राखिएको छ ।

 

तत्कालीन उच्चस्तरीय अनुसन्धान समितिका एक अधिकारीका अनुसार श्रेष्ठसँग सामान्य सोधपुछ गरेर आजै मोरङ जिल्ला अदालतमा हाजिर गराउने तयारी छ ।

श्रेष्ठमाथि गोरे समूहले ३ वर्षमा गरेको करिब ३८ क्विन्टल सुन तस्करीमा दुबई बसेर सेटिङ मिलाउने गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्