थापा र यादवको मन्त्री पद धरापमा, माधव नेपाल पक्षबाट दुई जना थप्ने ओलीको तयारी



 

केपी शर्मा ओली नेतृत्वको सरकारले दुई जना मन्त्री थप्ने तयारी थालेको छ ।

 

विभिन्न कारणबाट असन्तुष्ट रहेका माधवकुमार नेपाललाई सन्तुष्ट बनाउने उद्येश्यले ओलीले नेता नेपाल पक्षबाट दुई जना मन्त्री थप्ने तयारी थालेका हुन् ।

 

तिहार लगत्तै ओलीले नेपाल पक्षका दुई जना मन्त्री थप्ने सहमति ओली र नेपालबीच भइसकेको स्रोतको दावी छ ।

प्रधानमन्त्री ओली तनावमा, केही मन्त्रीहरुलाई दशा !!, क कस्को हुने भयो जागीर चट्

दुईतिहाई जनादेशको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको आन्तरिक समीकरणमा कमजोर बन्दै गएका छन् । यो कमजोरीको फाइदा लिन राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिकेन्द्रले चलखेल मज्जैसंग गर्न थालेको स्रोत बताउछ ।

 

हुन त नेपालको राजनीतिमा भारतले नियन्त्रित अस्थिरता चाहन्छ भन्ने विश्वास गरिन्थ्यो । अनि उसको व्यवहारले पनि त्यस्तै देखिन्थ्यो ।

 

माधव रुष्टभएपछि एक्लिदै ओली 

अहिले भारतले पनि रणनीति परिवर्तन गरेर नियन्त्रिता स्थिरता खोजेको विश्लेषण सुरु भएको छ । राजनीतिक वजारमा यस्तो विश्लेषण सुरु हुन थालेपछि नै नेकपाभित्र पनि जोडघटाउका अनेकन खेल हुन थालेका छन् ।

 

त्यसमा भारत वा अन्य शक्ति राष्ट्रभन्दा पहिला आन्तरिक दलीय समीकरणले निकै ठूलो भूमिका निर्वाह गर्न थालेको छ । अर्थात् पार्टीको आन्तरिक समीकरण मिलाउन प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले नसक्दा पार्टीको सञ्चालनको डोरी कमजोर बन्दै गएको छ ।

 

आफ्ना पुराना मित्र र सहकर्मीलाई पनि विश्वासमा लिन नसक्ने अवस्था आएको छ । यही क्रममा विगतदेखि साथ दिंदै आएका माधव नेपाललाई पनि प्रधानमन्त्री ओलीले पछिल्लो समय सन्तुष्ट राखेर साथ र विश्वासमा लिन सकेका छैनन् ।

 

निर्वाचनदेखि सरकार गठनका सम्पूर्ण भूमिकामा नेता नेपालको भूमिका अध्यक्ष ओलीका लागि सहयोगी थिए । तर, त्यो सहयोगी भूमिकालाई सुरक्षित राखिराख्न प्रधानमन्त्री ओलीले सकेनन् । यसको कडी भने नेपाल अफ्रिका भ्रमणमा निस्केका बेला प्रदेश इञ्चार्ज तोक्ने निर्णयबाट टुटेको स्रँेतको दावी छ ।

 

नेता नेपाल र अर्को नेता नारायणकाजी श्रेष्ठ दुवै जना त्यो बेलामा विदेशमा थिए । दुवैजनालाई तत्काल प्रदेश इञ्चार्ज तोक्ने निर्णय हु“दैन भनेर दुवै अध्यक्षले विश्वास दिलाएका थिए । तर, एक्कासी असन्तुलित ढंगले प्रदेश इञ्चार्जहरु तोकियो नेपाल र श्रेष्ठको अनुपस्थितिमा । त्यसको प्रतिक्रियाबाट सुरु भएको नेकपाभित्रको राजनीतिले निरन्तर अध्यक्ष्ँ ओली कमजोर र एक्लो बन्दै गएका छन् ।

ओलीसंग किन असन्तुष्टि 

खासगरी प्रधानमन्त्री ओली शक्तिशाली भएर पनि कमजोर बन्नुमा दुईवटा कारण देखिएका छन् । पहिला सरकारको कार्यशैली र योजना । सरकारले अहिलेसम्म आम जनतालाई राहत महसुस हुने गरी एउटा पनि काम गर्न सकेको छैन । जनकल्याणकारी बजेट ल्याउन नसकेको ओली सरकारले योजना र कार्यक्रममा पनि प्रस्तुत गर्न सकेन ।

 

मन्त्रालयगत योजना र कार्यक्रमहरु पनि जनताको पक्षमा भएनन् । भएका प्रयास विचौलियाले रोकिदिए । अर्थात् विचौलियाहरु प्रधानमन्त्री निवासमा पुग्ने अनि प्रधानमन्त्रीले निर्देशन दिएर मन्त्रीलाई जनहितकारी कामहरु रोक्न लगाउने काम हुँदै आएको छ ।

 

चाहे त्यो बजार अनुगमनको होस् वा यातायात सिन्डिकेट हटाउने कुरा नै किन नहोस् । सुन काण्डको छानविन नै अर्को उदाहरण पनि हो । अनि मन्त्रीको सुराकी सचिवबाट गराउने काम पनि प्रधानमन्त्रीले गरेको आरोप लाग्ने गरेको छ । अर्थात् सचिवको प्रत्यक्ष सम्बन्ध प्रधानमन्त्रीसंग हुने भएपछि ती सचिवले मन्त्रीलाई टेर्न छोडे ।

 

सचिवहरुले मन्त्रीलाई टेर्न छाडे पनि ती सचिवहरुले पनि प्रधानमन्त्रीको भावना अनुसार काम गरेको देखिएको छैन । अनि मन्त्रीले भनेको काम मन्त्रालयमा नहुने भएपछि मन्त्रालयले काम देखाउन सक्ने अवस्था पनि रहेन । त्यसको सम्पूर्ण दोष अहिले प्रधामन्त्रीले बोक्नु परिरहेको छ ।

 

नेकपाको नौ जनाको शक्तिशाली सचिवलायलमा प्रधानमन्त्री अर्थात् अध्यक्ष ओलीलाई साथ दिने एक्लो नेता कोही देखिएको छैन । एक हदसम्म महासचिव विष्णु पौडेलले साथ दिए पनि पौडेल पनि वामदेब गौतम प्रकरणपछि ओलीको किचेन क्याविनेटमा पर्दैनन् ।

 

 

अध्यक्ष ओलीले सरसल्लाह नगरी प्रदेश इञ्चार्ज तोकेपछि असन्तुष्ट रहेका माधव नेपालले सरकारविरुद्ध संसदमा बोले । अनि औपचारिकरुपमा स्थायी समिति सदस्यहरुलाई चियापानमा बोलाएर अध्यक्ष ओलीको कदमको आलोचना गरे ।

 

यसपछि माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताहरु ओलीभन्दा फरक कित्तामा पुगेका छन् । प्रचण्ड, नारायणकाजी श्रेष्ठ पनि ओलीले विश्वास गरिहाल्ने अवस्थामा छैनन् । उनीहरुसंग पनि दुरी कायम राखिएको छ । अनि सचिवालयमा सदस्य रहेका र मन्त्रीहरु पनि प्रधानमन्त्री ओलीसंग त्यत्ति धेरै खुसी देखिंदैनन् ।

 

उपप्रधान मन्त्री ईश्वर पोखरेल र मन्त्री रामबहादुर थापा बादल जस्ता पार्टीभित्रका शक्तिशाली नेताहरु पनि प्रधानमन्त्री ओलीसंग खुसी छैनन् भन्ने कुरा उनीहरुले सार्वजनिकरुपमा गर्ने टिकाटिप्पणीबाट स्पष्ट हुन्छ ।

 

 

उपप्रधानमन्त्री समेत रहेका पोखरेलले सरकारको काममा ‘‘लय नमिलेको’’ अभिब्यक्ति २०७५ असोज २७ गते पत्रकारहरुसंगको दिवाभोजमा बताइसकेका छन् । भलै गृह मन्त्री थापाले सार्वजनिकरुपमा नबोले पनि आफ्नो किचन क्याविनेटमा पीएम ओलीको दबाबले गृहमा काम हुन नसकेको गुनासो गर्ने गरेको स्रोत बताउछ ।

 

सुन तस्करको पर्दाफास गर्न तयार रहेका गृह मन्त्रीलाई छेकवार लगाइयो । यातायातको सिन्डिकेट हटाउने प्रयासमा लागेका गृहमन्त्री बादलविरुद्ध भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलाई प्रयोग गरे अनि असफल बनाइयो ।

 

अनि यातायातको सिन्डिकेट, सुन तस्करी हत्या काण्ड पनि त्यत्तिकै सेलायो । यी विविध कारणले पनि प्रधानमन्त्री ओलीसंग गृह मन्त्री बादल सन्तुष्ट रहेको अनुभूति पूर्व माओवादीहरुले गर्न सकेका छैनन् ।

 अबको विकल्प

अबको विकल्प भनेको अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफ्नो कार्यशैलीमा सुधार नै हो । घनश्याम भुसाल, योगेश भट्टराईहरुलाई संसदीय समितिको सभापति नबनाएर अध्यक्ष ओलीबाट कमजोर क्षमता भएका महिलालाई विभिन्न समितिको सभापति बनाइयो ।

 

प्रदेश इञ्चार्ज बनाउने क्रममा पनि त्यस्तै प्रवृत्ति देखाइयो । सरसल्लाह नै नगरी गण्डकी प्रदेशको इञ्चार्ज पृथ्वीसुब्बा गुरुङ र प्रदेश–५ मा शंकर पोखरेललाई इञ्चार्ज बनाएपछि माधवकुमार नेपाल  क्रुद्ध हुन पुगे ।

 

जबकि यी दुवै जनाले मुख्यमन्त्री बन्ने अवसर पाएका छन् । पूर्व एमाले र पूर्व माओवादीका वरिष्ठ नेताहरु नै इञ्चार्जको दावेदार थिए । तर, यस्ता विवादमा तानिएका प्रदेश इञ्चार्जको जिम्मेवारी हेरफेर गर्न सकिन्छ । एमालेका नेताहरुको भनाइ जीवनभर अवसर नपाएका जिम्मेवार र वरिष्ठ नेताहरुलाई पनि अवसर दिनुपर्नेछ ।

 

यसो हुँदा पार्टीको अँन्तरिक विवादलाई कम गर्न सकिनेछ । त्यसैगरी, सरकारलाई गतिदिनका लागि दशैं लगत्तै मन्त्रीहरु हेरफेर गरेर भएपनि तीब्रगतिमा सुधार गर्नुपर्ने प्रस्ताव नेकपाका नेताहरुको रहेको छ । अहिलेकै अवस्था कायम रहेमा नेकपाको सरकारले जनअपेक्षा अनुसार उपलब्धि हासिल गर्न नसक्ने तर्क जोडदार ढंगले उठिरहेको छ ।

 

यसमा बाह्यभन्दा आन्तरिक कारण जिम्मेवार रहेकाले मानधवकुमार नेपाललगायत नेताहरुमा देखा परेको असन्तुष्टिलाई संबोधन गर्दै सरकारको कार्यशैली र योजनामा परिवर्तन गर्नु जरुरी देखिएको छ ।

अहिलेको मन्त्रीमण्डलमा रहेका केही मन्त्रीहरुको कामप्रति ओली असन्तुष्ट रहेका र माधव नेपाललाई समेत मनाउने उदेश्यले उनले मन्त्री थप्ने योजना बनाएका हुन् । तर, ओलीले कुन मन्त्रीलाई हटाउने अहिले नै टुङ्गो लागि नसकेको स्रोतको दावी छ ।

 

ओली निकट विशेष स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योगमन्त्री माृतका यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, पर्यटनमन्त्री रवीन्द्र अधिकारी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक थममाया थापासँग प्रधानमन्त्री ओली असन्तुष्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
रविलाई पोखरा पुर्‍याइयो, निकिता पनि एउटै जहाजमा

     राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पर्साबाट काठमाडौं ल्याएर फेरि पोखरातर्फ

रवि लामिछानेलाई कास्की फर्काइदै

  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई वीरगन्जबाट आज कास्की नै फर्काउने

कांग्रेस र एमाले रवि लामिछानेसँग किन तर्सिएको : प्रचण्ड

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैभन्दा सहकारी ठगहरु अहिले सत्ताको

दुर्घटनामा फुटबल खेलाडी कपिलवस्तुको निशान न्यौपानेको निधन

  कपिलवस्तुको बाणगंगा ६ का न्यौपानेको सोमबार राती स्कुटर दुर्घटनामा मृत्यु भएको हो।