घरको आडैमा विद्यालय भएपनि ६ महिनाकी बहिनीको हेरचाह गर्ने घरमा कोहि थिएन । बिदाको दिन बाहेक एक दिन पनि विद्यालय नछोड्ने सुनिता बहिनीको धरालो गरेर करिब १ महिना विद्यालय गइनन् । घरको छतबाट विद्यालयमा साथिहरुले पढेको हेर्नुको विकल्प थिएन
मेरो रगतको हरेक रक्त कणमा यसकै कमाइले आर्जित अन्नजल परेको छ । आज म जे हुँ यसकै कारण हुँ