चिकित्सकहरु रिले अनशन बसेको टेन्ट टिचिङबाट हटाइयो



हाम्रो इकोनोमि

 

 

२१ दिनदेखि अनशनरत प्रा.डा‍. गोविन्द केसीको समर्थनमा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रिले अनशन बस्न चिकित्सकहरुले टाँगेको टेन्ट सुरक्षाकर्मीले हटाइदिएका छन् ।

त्रिवि शिक्षण अस्पतालको गणेशमान सिंह भवन अगाडि रिले अनशन बस्न केसीका समर्थकहरुले टाँगेको टेन्ट प्रहरीले हटाइदिएको हो । टेन्ट टाँगेर डाक्टर, रेजिडेन्ट डाक्टर र विद्यार्थीहरु रिले अनशन बसिरहेका थिए ।

त्रिवि शिक्षण अस्पताल प्रशासनले सोमबार प्रेस विज्ञप्ति निकालेर अस्पताल परिसरमा धर्ना, प्रदर्शन र अनशन जस्ता गतिविधि नगर्न अपिल गरेपछि सुरक्षाकर्मीले टेन्ट हटाइदिएको हो ।

अस्पतालमा उपचारका लागि आउने बिरामीलाई समस्या हुने जनाउँदै अस्पताल प्रशासनले आन्दोलनका कुनै पनि कार्यक्रम नगर्न सम्बन्धित पक्षलाई अपिल गरेको थियो ।

स्रोतका अनुसार अस्पताल प्रशासनले विज्ञप्ति निकालेपछि गृह मन्त्रालयको आदेश भन्दै प्रहरीले टेन्ट हटाइदिएको हो।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले प्रहरीले टेन्ट हटाइदिए पनि खुला चौरमै रिले अनशन जारी राख्ने बताए । अहिले केसीका समर्थकहरु त्रिवि शिक्षण अस्पतालको चौर र सडकमै बसेर रिले अनशन गरिरहेका छन् ।

१६ औँ पटकको अनशन २१ दिन पुग्दा पनि सरकारले नसुनेको भन्दै चिकित्सकहरुले देशभर आन्दोलनको चेतावनी दिएका छन् । चिकित्सक स‌ंघले वार्ताका लागि दबाब दिन सोमबारदेखि देशभरका चिकित्सकलाई रिले अनशन बस्न अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...