गाेविन्द केसीकाे नाममा आन्दाेलित चिकित्सकलाई एकै पटक बर्खास्त गर्ने सरकारी तयारी



हाम्रो इकोनोमि

 

सरकारले डा गोविन्द केसीका नाममा अस्पताल बन्द गरी सडकमा उफ्रने चिकित्सकहरुलाई एकै पटक बर्खास्त गर्ने तयारी गरेको छ । शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयले आफू मातहतको अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी सेवा बन्द गरी गोविन्द केसीका नाममा सडकमा उफ्रेर बसेको भन्दै कारबाहीको तयारी थालेको मन्त्रालय स्रातले जनाएकाे छ ।

 

मन्त्रालयले कारबाहीको तयारी स्वरुप त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा अध्यक्षलाई पत्र लेखी तत्काल पठनपाठन र अस्पताल यथावत रुपमा सञ्चालन गराउन भन्दै निर्देशनात्मक पत्राचार गरेको छ । यसअघि मन्त्रालयकाे निर्दशनमा अनशनका नाममा कांग्रेस निकट चिकित्सकल गाडेकाे टेण्टसमेेेत हटाइएकाे छ ।

 

स्राेतका अनुसार शिक्षमन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षतामा बसेको मन्त्रालयको बैठकले पठनपाठन र अस्पताल यथावत रुपमा सञ्चालन गराउनका लागि त्रिवीलाई पत्राचार गर्ने निर्णय गरेको थियो ।

 

अब निर्णय कार्यान्वयन नगरी केसीको नाममा अस्पताल जवर्जस्ती बन्द गराएर आन्दोलन गरे त्यस्ता चिकित्सक र स्वास्थ्यकर्मीलाई छानीछानी बर्खास्त गर्ने त्रिवी स्रोतले जनाएको छ । सेवाग्राहीलाई नै असर गर्ने गरी अस्पतालमा बन्द हड्ताल गर्नेलाई पहिचान गरी बर्खास्त गर्न मन्त्रालयले सहमति दिएको जनाएको छ ।

 

यसअघि साेमबार त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले अस्पताल परिसरभित्र कुनै धर्ना, विरोध तथा बन्द हड्तालका कार्यक्रम नराख्न तथा नगर्न आग्रह गरेको थियाे । नेपाली कांग्रेस निकट चिकित्सकहरूले सोमबारबाट रिले अनशन सुरू गरेपछि अस्पतालले यस्तो  आग्रह गरेकाे हाे ।

अनशन, रिले अनशन तथा आन्दोलनले आम सर्वसाधारणको स्वास्थ्यको उपचारमा बाधा उत्पन्न हुने प्रति अस्पतालले सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै नियमित स्वास्थ्य सेवा प्रदान गर्न आफ्ना स्वास्थ्यकर्मीलाई विज्ञप्तिमार्फत आग्रहसमेत गरेको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्काद्वारा आज यहाँ जारी विज्ञप्तिमा शिक्षण अस्पताल जस्तो सर्वसाधारण जनताको पहुँचमा रहेको अस्पतालमा स्वास्थ्य सेवा प्रभावित बनाउन नहुनेमा जोड दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...