वर्षा र संजोगको बिहे खर्च एक करोड पुग्ने || वर्षा भन्छिन्, ‘संजोगको घरमा नोकर हुन जान लागेको होइन’



हाम्रो इकोनोमि

 

 

अभिनेत्री वर्षा राउत र अभिनेता तथा व्यवसायी संजोग कोइराला चाँडै जीवनको नयाँ अध्याय सुरु गर्दैछन् ।

करीब ७ वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरु विवाहमा परिणत गर्दैछन् ।

प्रेम गर्नेहरुका लागि विशेष दिन अर्थात् भ्यालेन्टाइन डे ९फागुन २ गते० को दिन दुईले अग्नीलाई साक्षी राखेर सात जन्मसम्म सँगै रहने कसम खाँदैछन् ।

केही दिन अगाडि सामाजिक सञ्जालमा एक निमन्त्रणा कार्डमार्फत् उनीहरुले विवाहको मिति घोषणा गरेका थिए ।

अहिले दुबै विवाहको तयारीमा जुटेका छन् ।

दुईको भेट ७ वर्ष अगाडि एक फिल्मको अडिसनको क्रममा भएको थियो ।

त्यस भेटपछि उनीहरु एकअर्कासँग नजिक भएका थिए ।

अहिले अभिनेत्री वर्षालाई फिल्ममा भ्याइनभ्याइ छ भने संजोग फिल्मभन्दा बढी आफ्नो व्यवसायमा व्यस्त छन् ।

वर्षा अभिनीत नयाँ फिल्म ुगोपीु यही माघ १८ मा रिलिज हुँदैछ ।

संजोग अभिनीत फिल्म ुकथा काठमाण्डूु गएको महिना प्रदर्शनमा आएको थियो ।

फिल्म ुएउटा यस्तो प्रेम कहानीु मा दुबैले पहिलो पटक सँगै काम गरेका छन् ।
विवाहपछि वर्षाले फिल्म गर्छिन् वा गर्दिनन् भन्ने थुप्रैले जिज्ञासा राखिरहेका छन् ।
वर्षा भने आफू विवाहपछि पनि फिल्म गर्न नछाड्ने बताउँछन् ।

मंगलवार फिल्म ुगोपीु को स्पेशल सोमा संजोगसँग पुगेकी वर्षाले सञ्चारकर्मीसँग भनिन्, ुमेरो पेशा बुझ्ने घरमा जाँदैछु ।

मलाई विवाहपछि पनि काम गर्न कुनै रोकथोक हुने छैन भन्नेमा ढुक्क छु ।ु

संजोगको घरमा ुवर्किङ भिसाु मा जान लागेको र स्वाभलम्बी अभिनेत्री अर्काको घरमा गृहणी बन्न लागेको प्रशंसकको केही कमेन्टले दुःखी वर्षा अगाडि भन्छिन्, ुनोकर हुन जान लागेको होइन ।

एउटा बुहारी भएर जान लागेको हुँ ।ु संजोगले पनि विवाहपछि वर्षाले फिल्म गर्ने स्पष्ट पारे ।

उनले मिठो शैलीमा भने, ुसंजोग कोइरालाको परिवारले कामलाई धर्म मान्छ । त्यसैले वर्षाको धर्म परिवर्तन गर्दैन ।

विवाहपछि त झन् उनले उत्कृष्ट फिल्म गर्छिन् ।ु

चुलबुले स्वभावकी वर्षाले विवाह खर्च भने दुबै पक्षको जोडेर एउटा राम्रो फिल्म बनाउन पुग्ने बताइन् ।

उनले भनिन्, ुमेरो र संजोगको जोडेर एक करोड त छुन्छ होला ।ु

प्रतिक्रिया दिनुहोस
आशा, अहंकार र प्रश्न: माननीय अर्थमन्त्रीलाई एक नागरिकको पत्र

  निता थापा केही दिनदेखि म हाम्रा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका हरेक...

मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति निर्विरोध

    उर्जा उत्पादकहरुको संस्था (इप्पान)मा नयाँ कार्यसमिति चयन भएको छ । यसअघि...

काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु

   बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा...

भदौको भन्दा सशक्त आन्दोलन गर्छौँ : महेश बस्नेत

     नेकपा एमालेको सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी...