समाचार

प्रचण्डको अध्यक्षतामा नेकपाको सचिवालय बैठक

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक बसेको छ । बुधबार बिहान काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा सचिवालयको बैठक बसेको हो । बैठकको अध्यक्षता  अध्यक्ष पुष्पकमल दाहालले गरेका छन् । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुनेछ ।