विश्वभरी नै गुञ्जियो : नेपाल घुम्नको लागि पहिलो गन्तव्य : सेयर गरौँ



हाम्रो इकोनोमि

 

 

अहिले विश्वभरी नै नेपाल घुम्नका लागि पहिलो गन्तव्य भएको सन्देश फैलिएको छ । विश्वचर्चित फोब्र्स पत्रिकाले घुम्नका लागि नेपाल संसारकै उत्कृष्ट गन्तव्य मध्ये एक भएको भन्दै सूची प्रकाशित भएपछि विश्वभरी नै यो सन्देश गइरहेको छ । फोब्र्स पत्रिकाले सन् २०२० मा विश्वभरका घुम्न लायक १० ठाउँमध्ये नेपाल पहिलो भएको भन्दै चर्चा गरेको छ । फोब्र्स पत्रिकाकी ट्राभल ब्लगर क्याटरिन पार्कर म्यागरले नेपाल धर्तीकै उत्कृष्ट साहसित गन्तव्य भएको उल्लेख गर्दै चर्चा गरेकी छिन् ।

फोब्र्सले नेपाल साहसिक पर्यटनको लागि उत्कृष्ट ठाउँ भएको उल्लेख गरेको छ । साथै फोब्र्सले नेपाल सुन्दर र शान्त ठाउँ भनि बताएको छ । पार्कर म्यागरले लेखेको आर्टिकलमा नेपालको तराई हुँदै पहाड र हिमाल तिर उक्लँदा असाध्यै स्वर्गीय आनन्द आउने उल्लेख छ । उनले आफ्नो लेखमा नेपालमा घुम्दा सम्झन लायक धेरै ठाउँहरु भएको उल्लेख गरेकी छिन् ।लेखमा पार्करले फाल्लुको ह्याप्पी हाउस, बर्दिया निकुञ्जको कर्णाली लज अति नै प्रिय र आरामदायी भएको बताएकी छिन् । उनले त्यहाँको होटल तथा रिसोर्टमा असाध्यै आतिथ्यमा पाएको पनि उल्लेख गरेकी छिन् ।

पार्करले चितवन, बर्दिया राष्ट्रिय निकुञ्ज र हिमाली भेगहरु घुम्नलाई असाध्यै उत्कृष्ट भएको उल्लेख गरेकी छिन् ।पार्करले फोब्र्समा नेपाललगायत अन्य ९ उत्कृष्ट गन्तव्यमा इक्वेडर, न्यूजिल्याण्ड, पेरु, अलास्का, ब्राजिल, मोरक्को,चीन, फिनल्याण्ड र केन्यालाई राखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...