दोश्रो विवाह गर्दै हाँस्यकलाकार मनोज गजुरेल



हाम्रो इकोनोमि

 

हाँस्यकलाकार मनोज गजुरेल अहिले नेपालकै पहिलो कमेडी रियालिटी शो कमेडी च्याम्पियनको जजको रुपमा छन् । त्यहाँ उनले नेपालको कमेडी क्षेत्रमा लागिरहेका नवप्रतिभाहरुलाई गाइड गर्दैछन् । शो मा उनी लगायत अन्य चारजना जजहरु रहेका छन् । सोमबार र मंगलबार प्रसारण हुने कार्यक्रमको सुटिङ प्रायजसो शनिबार हुनेगर्छ । गत सोमबार प्रसारित कार्यक्रममा जज मनोज गजुरेलले आफूले दोश्रो विवाह गर्ने खुलासा गरेका छन् । एक प्रतिस्पर्धीको कमेडीमा उत्तर दिँदै उनले दोश्रो विवाह गर्ने खुलासा गरेका हुन् ।

के हो पूरा मामला ?
सोमबार प्रसारित कार्यक्रमको शुरुवातमा टप १५ बाट बाहिरिएका प्रतिस्पर्धी खड्गबहादुर पुन मगरले वाइल्ड कार्ड इन्ट्रीको लागि आफ्नो प्रस्तुती दिए । प्रस्तुतिको क्रममा उनले भर्खरै विवाह गरेकी नायिका एवं कार्यक्रमकी जज ऋचा शर्मालाई आफ्नो विवाहमा किन नबोलाएको व्यङ्ग्य गर्दै थिए । व्यङ्ग्य गर्ने क्रममा उनले नायिका शर्मालाई पहिलो विवाहमा नबोलाए पनि दोश्रो विवाहमा बोलाउन अनुरोध गरे । सोही क्रममा नायिका शर्माले मनोज गजुरेलले बोलाउने संकेत गरिन् । ऋचाले आफ्नो बोली पूरा गर्न नपाउँदै मनोजले हत्त न पत्त भने, ‘ऋचाले नबोलाए पनि म बोलाउँछु बाबु ।’

दुई वर्षअघि गजुरेलले श्रीमती मीना गजुरेलसँग डिभोर्स गरेका थिए । उनीहरुले एकअर्कासँग सममतिमै डिभोर्स गरेका थिए । उनले दोश्रो विवाह गर्ने भन्दै प्रस्तुतिको क्रममा भनेपनि गर्ने वा नगर्ने आधिकारिक धारणा भने अहिलेसम्म बाहिर आएको छैन । यद्यपि उनले दोश्रो विवाह गर्ने संकेत गरेको हुनसक्ने धेरैको अनुमान छ । ४५ वर्षीय उनी अहिले छोराको साथमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...