भारतीय विमान अपहरण गर्दा यी नेपाली यात्रुलाई पहिला ‘कसैले ठट्टा गरे जस्तो’ लागेको थियो



हाम्रो इकोनोमि

 

बीस वर्षअघि आजकै दिन काठमाण्डूबाट दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको एउटा विमान आतङ्कवादीहरूको अपहरणमा परेपछि नेपालको उड्डयन सुरक्षा प्रणालीबारे उठ्न थालेका प्रश्न अझैसम्म पनि सेलाएको पाइँदैन।

गत महिना मात्र अमेरिकी सरकारको एक प्रतिवेदनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षा व्यवस्थाका कारण नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरूका लागि बाटो वा गतिविधि गर्ने केन्द्रको रूपमा रहेको र रहिरहन सक्ने उल्लेख गरेको थियो।

नेपालको एक मात्र विमानस्थलबाट नक्कली र अवैध विदेशी मुद्रा, सुन, लागुऔषध र वन्यजन्तु तस्करी तथा मानव ओसारपसारजस्ता गतिविधि हुने गरेको अधिकारीहरू बताउँछन्।

नेपालबाट अफगानिस्तानको कान्दहार पुर्‍याइएको विमान र त्यसमा रहेका यात्रुहरूलाई छुटाउन भारतले त्यस आतङ्कवादको आरोपमा भारतमा थुनिएका तीन जना मुक्त गरेको थियो।

अपहरणकारीसँग सम्झौता हुँदा भारतीय जेलबाट छाडिएका मसूद अजहरले पछि जिहादी सङ्गठन जैश-ए-मोहम्मद स्थापना गरेर भारतमा शृङ्खलाबद्ध आक्रमणमा संलग्न भए।

भारतको आकाशबाट अपहरण

सन् १९९९ मा क्रिस्मसको अघिल्लो दिन अपराह्ण साँझ चार बजेपछि काठमाण्डूबाट इन्डियन एयरलाइन्सको विमान उड्यो। विमानमा चालकदलका सदस्यसहित कुल १८० जना थिए।

तर उडान नम्बर ८१४ भारतीय आकाशमा प्रवेश गर्नेबित्तिकै अपहरणमा पर्‍यो।

मुखुन्डो लगाएका एक व्यक्तिले चक्कु बोकेको देखेपछि उक्त विमानमा यात्रा गरिरहेका नेपाली यात्रु जनकलाल श्रेष्ठलाई कसैले ख्यालठट्टा गरे जस्तो लागेको थियो।

“तर त्यो ठट्टा थिएन। बरु त्यसपछिका आठ दिन हाम्रा लागि चलचित्रका दृश्यजस्तै भइदिए।”

जावलाखेलस्थित आफ्नै निवासमा बीबीसीसँग कुराकानी गर्दै श्रेष्ठले दुई दशकअघि भएको “त्रासदीपूर्ण” घटनाको स्मरण गरे।

उनी श्रीमतीलाई लिएर दिल्ली हुँदै उपचारका लागि भेलोर जाँदैथिए। उनकी श्रीमतिको त्यो पहिलो विमानयात्रा थियो।

सुरुमा उनले शनिवारको टिकट काटेका थिए। तर बुहारीले शनिवार यात्रा गर्न शुभ नहुने भनेपछि श्रेष्ठ दम्पती एक दिनअघि यात्रा गर्दैथिए।

“यात्राभरि बुहारीसँग धेरै रिस उठ्यो। तर त्यो हाम्रो लागि हुनै लेखेको थियो र भाग्यले बुहारीको मुखबाट त्यो बोलाइएको थियो।”

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...