विश्व

रुसमा निर्मित भारतीय लडाकू विमान ‘मिग-२७’ दुर्घटनाग्रस्त

  भारतीय वायुसेनाको एउटा मिग-२७ लडाकू विमान राजस्थानको जोधपुरमा आइतबार विहान दुर्घटनाग्रस्त भएको छ । नियमित उडानका क्रममा रहेको उक्त विमानका पाइलट भने सकुशल उत्रिएको भारतीय सेनाले जनाएको छ । वायुसेनाले विमान दुर्घटनाका बारेमा अनुसन्धान गर्न आदेश दिएको छ ।