रुसकी चौथो धनी महिला एवं विमान कम्पनीकी मालिकको विमान दुर्घटनामा मृत्यु



हाम्रो इकोनोमि

 

रुसी उड्डयन उद्योगमा आइरन लेडीको नामले चर्चित नतालिया फिलेवा ९५५० को विमान दुर्घटनामा मृत्यु भएको छ ।

यो दुर्घटना दक्षिण–पश्चिम जर्मनीस्थित एजेलबाश शहर नजिकै भयो ।

६ सिटे विमानमा पाइलटबाहेक ५५ वर्षकी नतालिया र उनका पिता थिए ।

विमानमा सवार तीनैजनाको मृत्यु भएको छ ।

बुवालाई उपचारका लागि जर्मनी लैजादै थिइन् नतालियाः

नतालिया र उनका श्रीमान् भ्लादिस्लाव फिलेवा एससेभेन एयरलाइन्सका सह–मालिक थिए । नतालियाको सम्पत्ति ६० करोड डलर थियो ।

उनका चार सन्तान छन् ।

यीमध्ये एक धर्मपुत्री पनि छिन् ।

रुसी नागरिक उड्डयन क्षेत्रमा यात्रीको सुविधा र सुरक्षा बढाउने विषयमा केन्द्रीत नतालियालाई आइरन लेडी भनिन्थ्यो ।

नतालिया बुवाको उपचारका लागि फ्रान्सबाट जर्मन जाँदै थिइन् ।

त्यति नै बेला दुर्घटना भएको थियो ।

२६ देशका एक सय ८१ शहरमा छन् एससेभेनको सेवाः

एससेभेन जसलाई साइबेरिया एयरलाइन्स पनि भनिन्छ, रुसको दोस्रो ठूलो एयरलाइन्स कम्पनी हो ।

कम्पनीका ९६ वटा विमान छन् ।

संसारको २६ देशका एक सय ८१ शहरमा यसले सेवा दिन्छ ।

रुसको सबैभन्दा ठूलो एयरलाइन्स कम्पनी एयरोफ्लोतको यो प्रमुख प्रतिद्वन्द्वी हो ।

एयरोफ्लोत सरकारी कम्पनी हो ।

सोभियत विघटनपछि खरिद गरिएको थियो एयरलाइनस्

नतालियाले सोभियत संघको विघटनपछि साइबेरिया एयरलाइनको खरिद गरेकी थिइन् ।

एससेभेन एयरलाइन्स करिब एक दशकसम्म वन वर्ल्डको हिस्सा थियो ।

यो अलाइन्समा अमेरिका, ब्रिटेन र जापनको कम्पनी पनि थियो ।

कम्पनीका कर्मचारीले मम्मा भनेर बोलाउँथेः

नतालिया र उनका श्रीमान् एयरलाइन्सका कर्मचारीबीच पनि निकै लोकप्रिय थिए ।

कर्मचारीले उनीहरुलार्य मम्मा र पापा भनेर बोलाउँथे ।

विशेषज्ञले एयरलाइन्सको सफलताको पछाडि नतालियाको मेहन र दूरदर्शितालाई सबैभन्दा ठूलो करण बताउँछन् ।

चालकले विमान घुमाउने कोसिस गर्दा नियन्त्रण गुमाएका थिएः

जर्मन अधिकारीका अनुसार चालकले विमान घुमाउन कोसिस गर्दा नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

विमान दुर्घटनापछि घटनास्थलमा जाँदै गरेको पुलिसको एउटा कार पनि दुर्घटनाग्रस्त भएको छ ।

यसमा दुईजनाको ज्यान गएको छ ।

यो समाचार एजेन्सीबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री मोदी र रवि लामिछानेबीच भेटवार्ता

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र...

कुनै हालतमा अध्यक्ष नछाड्ने ओलीको घोषणा

    एमाले अध्यक्ष केपी ओलीले पार्टी अफ्ठ्यारो अवस्थामा रहेको भन्दै नेतृत्व तत्काल...

प्रधानमन्त्रीले देशद्रोही कुरा गरे, खरानी उठाएर लैजा सरकार : ओली

        एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बालेन शाहले सदनको रोष्ट्रमबाट...

यसरी पार्टी चल्दैन, पुनर्गठन गर्नैपर्छ : विष्णु पौडेल

    नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेकै ढङ्गले पार्टी चल्न नसक्ने निष्कर्ष...