सुन्दरी नायिका शिल्पालाई लुकीलुकी हेर्थे शक्ति कपुर , खुल्यो रहस्य



हाम्रो इकोनोमि

 

डान्स रियालिटी सो ‘सुपर डान्सर ३’मा स्पेसल गेस्ट बनेर गएका थिए, बलिउड अभिनेता गोविन्दा र शक्ति कपुर ।

सोमा ९० को दशककी हिट अभिनेत्री शिल्पा सेट्टी जजको रूपमा छिन् ।

सोका क्रममा शिल्पाले २० वर्षपछि गोविन्दाको साथमा डान्स गरिन् ।


त्यहीँ शक्तिले शिल्पालाई आफूले लुकीलुकी हेर्ने गरेको बताए ।

गोविन्दा र शिल्पाले ९० को दशकको फिल्म ‘छोटे सरकार’को सबैभन्दा चर्चित गीत ‘एक नयाँ आसमान’मा डान्स गरेका थिए ।

शिल्पाले गोविन्दा सुटिङ सेटमा आएर एकदम सजिलो गरी नृत्य गर्ने गरेको बताइन् ।

नयाँ पत्रिकामा खबर छ ।शिल्पाले भनिन्, ‘कोरियोग्राफरले खुब अभ्यास गर्थे, तर गोविन्दामा कोरियोग्राफरको कुनै असर देखिन्न थियो, उनी सजिलै नृत्य गर्थे ।’

शक्तिले आफूले शिल्पालाई लुकीलुकी हेर्ने गरेको बताउँदै भने, ‘शिल्पालाई कहिल्यै थाहा भएन, सुटिङका समयमा म उनलाई एउटा कुनाबाट लुकीलुकी हेर्थें, किनभने म उसलाई सीधा हेर्न सक्दिनथेँ ।’

६६ वर्षीय शक्तिको यो कुराले सुनेर सबै चकित परेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...