सुन्दरी नायिका शिल्पालाई लुकीलुकी हेर्थे शक्ति कपुर , खुल्यो रहस्य



हाम्रो इकोनोमि

 

डान्स रियालिटी सो ‘सुपर डान्सर ३’मा स्पेसल गेस्ट बनेर गएका थिए, बलिउड अभिनेता गोविन्दा र शक्ति कपुर ।

सोमा ९० को दशककी हिट अभिनेत्री शिल्पा सेट्टी जजको रूपमा छिन् ।

सोका क्रममा शिल्पाले २० वर्षपछि गोविन्दाको साथमा डान्स गरिन् ।


त्यहीँ शक्तिले शिल्पालाई आफूले लुकीलुकी हेर्ने गरेको बताए ।

गोविन्दा र शिल्पाले ९० को दशकको फिल्म ‘छोटे सरकार’को सबैभन्दा चर्चित गीत ‘एक नयाँ आसमान’मा डान्स गरेका थिए ।

शिल्पाले गोविन्दा सुटिङ सेटमा आएर एकदम सजिलो गरी नृत्य गर्ने गरेको बताइन् ।

नयाँ पत्रिकामा खबर छ ।शिल्पाले भनिन्, ‘कोरियोग्राफरले खुब अभ्यास गर्थे, तर गोविन्दामा कोरियोग्राफरको कुनै असर देखिन्न थियो, उनी सजिलै नृत्य गर्थे ।’

शक्तिले आफूले शिल्पालाई लुकीलुकी हेर्ने गरेको बताउँदै भने, ‘शिल्पालाई कहिल्यै थाहा भएन, सुटिङका समयमा म उनलाई एउटा कुनाबाट लुकीलुकी हेर्थें, किनभने म उसलाई सीधा हेर्न सक्दिनथेँ ।’

६६ वर्षीय शक्तिको यो कुराले सुनेर सबै चकित परेका थिए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...