विविध

सडकका बिजुलीका पोलका विज्ञापन हटाउन प्राधिकरण र महानगरबीच गलफती

  थापाथलीबाट माइतीघर हुँदै बानेश्वर जाने सडकका बिजुलीका पोलहरूमा हेर्नुभयो भने धेरैजसोमा व्यावसायिक विज्ञापनका बोर्ड देख्नुहुन्छ । यी बोर्डले सरकारले बनाएको विज्ञापन ऐनलाई नै गिज्याइरहेका छन् । विज्ञापन ऐनले बिजुलीका पोलमा, टेलिफोनको तार राखिएको पोलमा विज्ञापन बोर्ड राख्न नपाइने स्पष्ट