म पुस्तक ( कविता )



हाम्रो इकोनोमि

 

–के पि पौडेल

 

प्याट प्याट चप्पल बजाउँदै

मेरो समिपै

आउँदै गरेका

ती नानीहरुका

चिच्याहट

अति मधुर संगित

झैँ लाग्दथ्यो।

हिँड्न

सक्दिनथेँ,दौडिन

सक्दिनथेँ

तर जुरुक जुरुक

हुन्थ्यो यो मन।

हात पाउ नभएनि

दौडेर उनका

हातमा बसुँ बसुँ

हुन्थ्यो

ती कलिला

नयनको स्पर्श

पाउँदा आफै

बासस्थानबाट खसुँ

खसुँ हुन्थ्यो

खुसिले गदगद हुँदै

मलाई सुम्सुमाउँदा

काखमा लिएर

थुमथुमाउँदा

महिनौदेखि

कोठामा थुनिएर

रहेको जीउ

टक टक

टकटकाउँदै बोकेर

लैजान्थे

खुसिले म बाहिर

भाग्छु कि भनी

छोपेर लैजान्थे

झोला भित्रैबाट

शुन्दर प्रकृतिको

रसस्वाद

अनि घरमा पुगेर

सपरिवारले

मलाई सुमसुम्याउँदा

यो मन,यो जीउ

तनक्क तन्कन्थ्यो

मलाई बाचन

गर्दाका मधुर

वाणिले गाउँ नै

घन्कन्थ्यो।

तर आज

ताला लगाएर र्याक

भित्र म थुनिएको

आधा वर्ष

वितिसक्यो

मेरा नानिबाबुको

सट्टा किरा

फट्याङ्ग्रा

भित्रिसक्यो

फलामे जालहरुले

मलाई जेलिरहेछन

दिनहुँ

माकुरे सिपाहि

जीउभरि

खेलिरहेछन दिनहुँ ।

न कुनै प्रकाश,

नकुनै आवाज

किन यो कठोर

सजाएँ भोग्दैछु म

आज

जेलभित्रै बसेर

भएनि,विलौना

पोख्दैछु म

आज।।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...