म पुस्तक ( कविता )



हाम्रो इकोनोमि

 

–के पि पौडेल

 

प्याट प्याट चप्पल बजाउँदै

मेरो समिपै

आउँदै गरेका

ती नानीहरुका

चिच्याहट

अति मधुर संगित

झैँ लाग्दथ्यो।

हिँड्न

सक्दिनथेँ,दौडिन

सक्दिनथेँ

तर जुरुक जुरुक

हुन्थ्यो यो मन।

हात पाउ नभएनि

दौडेर उनका

हातमा बसुँ बसुँ

हुन्थ्यो

ती कलिला

नयनको स्पर्श

पाउँदा आफै

बासस्थानबाट खसुँ

खसुँ हुन्थ्यो

खुसिले गदगद हुँदै

मलाई सुम्सुमाउँदा

काखमा लिएर

थुमथुमाउँदा

महिनौदेखि

कोठामा थुनिएर

रहेको जीउ

टक टक

टकटकाउँदै बोकेर

लैजान्थे

खुसिले म बाहिर

भाग्छु कि भनी

छोपेर लैजान्थे

झोला भित्रैबाट

शुन्दर प्रकृतिको

रसस्वाद

अनि घरमा पुगेर

सपरिवारले

मलाई सुमसुम्याउँदा

यो मन,यो जीउ

तनक्क तन्कन्थ्यो

मलाई बाचन

गर्दाका मधुर

वाणिले गाउँ नै

घन्कन्थ्यो।

तर आज

ताला लगाएर र्याक

भित्र म थुनिएको

आधा वर्ष

वितिसक्यो

मेरा नानिबाबुको

सट्टा किरा

फट्याङ्ग्रा

भित्रिसक्यो

फलामे जालहरुले

मलाई जेलिरहेछन

दिनहुँ

माकुरे सिपाहि

जीउभरि

खेलिरहेछन दिनहुँ ।

न कुनै प्रकाश,

नकुनै आवाज

किन यो कठोर

सजाएँ भोग्दैछु म

आज

जेलभित्रै बसेर

भएनि,विलौना

पोख्दैछु म

आज।।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...