सुबिसुको इन्टरनेट जोड्न ‘रिफर’ गर्दा १ महिनाको सेवा निःशूल्क



हाम्रो इकोनोमि

 

केबल टेलिभिजन, इन्टरनेट तथा नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले रिफरमा बोनस अफर सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो सेवा रिफर गर्दा ग्राहकहरुलाई लिइरहेको सेवामा एक महिनाको सेवा छूट दिने भएको हो ।

कम्पनीका अनुसार सुबिसुको सेवा लिइरहेका सबै ग्राहक यो योजनामा सहभागी हुन सक्नेछन् । जसअनुसार कम्पनीको इन्टरनेट तथा टीभी सेवा प्रयोग गर्न आफ्ना आफन्त तथा साथीभाइलाई रिफर गर्नुपर्नेछ ।

इन्टरनेटको बढ्दो माग र विश्वसनीय सेवालाई पूर्णरुप दिन यो अफर ल्याइएको कम्पनीले जनाएको छ । अफरमा निश्चित शर्त तथा नियम भने लागु हुने बताइएको छ ।

सुबिसुले केबल तथा डिजिटल टीभी सेवा, कञ्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एमपीएलएस भीपीएनएस, डब्लूएएन इथरनेट, होलसेल आईपी ट्रान्जिट ,एमभीपी (एमभीपी), डेटा सेन्टर सोलुसन जस्ता विभिन्न सेवा तथा सोलुसन नेपालमा प्रदान गर्दै आइरहेको छ ।

क्लियर टीभी समेत सुबिसुकै प्रडक्ट हो । नेपालको पहिलो डिजिटल टेलिभिजनको रुपमा रहेको क्लियर टीभीले एमपीईजी फोर एसडी तथा एचडी च्यानल केबलमार्फत कण्डिसनल एक्सेस सिस्टम (क्यास) को प्रयोग गरी सेट टप बक्सको माध्यमबाट विभिन्न टेलिभिजन च्यानल प्रसारण गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...