विप्लवको शिक्षक संगठनका केन्द्रीय अध्यक्षलाई पनि विभूषण
ध्वंसात्मक गतिविधि गरेको आरोपमा सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टी नेपाल कम्युनिस्ट पार्टीको शिक्षक संगठनका केन्द्रीय अध्यक्ष पनि प्रवल जनसेवाश्री पदकबाट सम्मानित भएका छन्। विप्लव नेतृत्वको नेकपा निकट शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठक प्रवल जनसेवाश्री पदकबाट सम्मानित भएका हुन्।