अख्तियारले पक्राउ गर्ने भएपछि गच्छदारको निद हराम



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टीभित्र आन्तरिक किचलो भईरहेकै समयमा पार्टीका उपसभपति बिजयकुमार गच्छदार भने अर्कै तनावमा देखिएका छन् । उनी यतिबेला बहुचर्चित बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिने तनावले बिछिप्त रहेको उनीनिकट श्रोतले बताएको छ ।

अख्तियारले यो प्रकरणको छानबिनलाई अन्तिम चरणमा पुर्याएसँगै उनको नाम बाहिर आएको छ । उनी यस जग्गा प्रकरणमा तानिने लगभग निश्चितजस्तै भएको श्रोतको दाबी छ । दीप बस्नेतसहित अन्य व्यक्तिको समेत यसमा संलग्नता भेटिएपछि अख्तियारले यसमा केही दिनभित्रै ठोस निर्णय लिने तयारी गर्दैछ । जसले गर्दा गच्छदार आत्तिन थालेका छन् ।

यसबाट बच्नको लागि आफ्नै पार्टीभित्र पनि हारगुहार गरिरहेका छन् । यसै विषयलाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सन्देश पठाएपनि यस विषयलाई लिएर प्रधानमन्त्री ओलीले भेट्न नचाहेको बालुवाटार श्रोतको दाबी छ । प्रधानमन्त्री ओलीले गच्छदारलाई भेट्ने मुडमा नरहेको सूचना पाएपछि गच्छदारमा झनै छटपटी बढेको बताईन्छ । प्रधानमन्त्रीले भेट्ने समय नदिएपछि उनी निराश बनेको चर्चा कांग्रेसभित्र पनि भुसको आगो झै सकिएको छ ।

ललिता जग्गा प्रकरणमा आफू मुछिने भएपछि गच्छदार जेल जाने कुराले सताउन थालेको छ । आफ्नै पार्टी सरकारमा हुँदासमेत यौन दुर्व्यवहारको अभियोगबाट पार पाउन नसकी सडकमा पुगेका कृष्णबहादुर महराको हविगत देखेर उनी झनै अत्तालिएको श्रोतको दाबी छ ।

यही विषयलाई लिएर उनी विभिन्न शक्तिकेन्द्र धाईरहेका छन् । तथापी उनको कुरा सुनिदिने कोही नहुँदा बिलखबन्धमा परेको गच्छदार श्रोतले बताएको छ । उता अख्तियार दुरुपयोग आयोगले छानबिनलाई अन्तिम चरणमा पुर्याएपनि त्यसलाई लिक हुन नदिनको लागि गोप्यरुपमा लिपिबद्ध गर्ने काम गरिरहेको छ । श्रोतका अनुसार अख्तियार अहिले ललिता निवास जग्गा प्रकरणको छानबिन टुंग्याएर प्राप्त अध्ययनको निष्कर्ष चुहिने खतरा भएकाले अहिले चनाखोपूर्वक काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...