प्रदेश ३ को राजधानी हेटौँडा हुने पक्का



हाम्रो इकोनोमि

 

प्रदेश राजधानी र नामका विषयमा प्रदेशसभा सदस्यहरु बिभाजित भएर पार्टीको हृवीप उल्लंघन गर्ने चेतावनी दिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ कमिटीले शीर्ष नेतृत्वसँग छलफल गर्ने भएको छ ।

दुई अध्यक्षसँग अनुमति लिएर पार्टी निर्णय कार्यान्वयन गराउने तयारी प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यसहितका पदाधिकारीको छ ।

प्रदेशसभा संसदीय दल र प्रदेश कमिटी पदाधिकारी तथा नेकपा केेन्द्रीय सदस्यहरु सम्मिलित संयुक्त बैठकमा नाम र राजधानीबारे पार्टी केन्द्रीय सचिवालयको निर्णय नमान्ने चेतावनी सांसदहरुले दिएका थिए ।

राजेन्द्र पाण्डे, पशुपति चौलागाई, शान्ति पौडेललगायतका पूर्वएमालेका नेताहरुले पार्टी हृवीप नमान्ने र फ्लोर क्रस गर्ने चेतावनी दिएका थिए ।

पूर्वमाओवादीका प्रदेशसभा सदस्यहरुले प्रदेशको नाम नेवा ताम्सालिङ हुनुपर्ने भनेका छन् भने पूर्वएमालेका उपत्यकाका सांसदले नेपाल मण्डल हुनुपर्ने बताएका छन् । यद्यपि नामका सन्दर्भमा ठूलो विवाद नरहेको नेकपा नेताहरुले बताए ।

राजधानी सम्बन्धी पार्टी निर्णय कार्यान्वयन गराउन नसकेपछि प्रदेशसभा बैठक पुस २३ गतेलाई सारेर प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष नारायण दाहाल र सचिव आनन्द पोखरेल काठमाडौं आएका छन् । उनीहरुले शीर्ष नेतृत्वलाई भेटेर सबै कुरा अवगत गराउने र नेतृत्वको अनुमतिपछि ह्वीप लगाउने तयारी छ ।

नेकपाका एक नेताले भने-नाम वाग्मती र राजधानी हेटौंडानै कायम हुन्छ । तर माथिबाट निर्देशन लादियो, हामीसँग सल्लाह भएन भन्ने गुनासो छ । एकपटक केपी ओली र प्रचण्डसँगै हामी छलफल गर्छौ र पार्टीको निर्णय कार्यान्वयन गराउन प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलेनै संसदीय दलमा हृवीप लगाउने नेतृत्व गर्नुहुन्छ ।

नेकपा संसदीय दलको बैठकमा पार्टीको निर्देशन मान्ने कि नमान्ने भन्नेमा प्रदेशसभा सदस्यहरु बिभाजित देखिएका छन् । सिन्धुली, मकवानपुर र चितवनका प्रदेशसभा सदस्यले हेटौंडा राजधानी हुनुपर्ने र पार्टी निर्णय मान्नु नपर्ने धारणा राखेका छन् ।

पूर्वएमालेको माधव नेपाल पक्ष राजधानीको सन्दर्भमा बिभाजित भएको छ । राजेन्द्र पाण्डे, पशुपति चौलागाई, रचना खड्कालगायतले हृवीप नमान्ने चेतावनी दिएका छन् । केपी ओली पक्षधर प्रदेशसभा सदस्यहरु पार्टी निर्णयप्रति असन्तुष्ट रहे पनि हृवीप उल्लंघन गर्ने भनेर बोलेका छैनन् ।

यद्यपि काभ्रेका चन्द्र लामालगायतले काभ्रेपलान्चोक नै राजधानी हुनुपर्न अडान छाडेका छैनन् । उपयत्काभित्रका प्रदेशसभा सदस्यमध्ये भक्तपुर र ललितपुरका सबैले पार्टी निर्णय मान्ने भनेका छन् भने काठमाडौंका कुसुमकुमार कार्की, प्रकाश श्रेष्ठ, उर्मिला कर्माचार्यलगायतले नमान्ने चेतावनी दिएका छन् ।

धादिङका राजेन्द्र पाण्डे र नुवाकोटका हिरानाथ खतिवडा बाहेक अन्यले पार्टी निर्णय मान्नुपर्ने बताएका छन् । पार्टीमा प्रष्ट दृष्टिकोण नबनाइ संसदमा जाँदा नेकपाकै सांसदहरु बिभाजित भएमा नराम्रो सन्देश जाने भन्दै प्रदेश पदाधिकारीले शीर्ष नेतृत्वसँग छलफल गर्न लागेका हुन् ।

पार्टी नेतृत्वले प्रष्ट अनुमति दिएपछि हृवीप लगाएर पार्टी निर्णय कार्यान्वयन गराइने नेकपाका एक पदाधिकारीले बताए । यद्यपि रामेछापका शान्ति पौडेललगायतले प्रदेश सभा सदस्य पद छाड्ने तयार हेटौंडा राजधानी नमान्ने भनेका छन्

प्रतिक्रिया दिनुहोस
नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

    सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४...

प्रचार सामग्रीमा एमालेले हट्यो ओलीको फोटो

  नेकपा एमालेले सार्वजनिक कार्यक्रम र पार्टी प्रचार सामग्रीमा अध्यक्ष केपी शर्मा ओलीको...

चुनावमा खाएको धक्काको जिम्मेवारी कसले लिने : योगेश

    नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टी स्थापना दिवसको सन्दर्भमा कम्युनिष्ट...

पूर्णबहादुर खड्कालाई सोधेको स्‍पष्टीकरण फिर्ता

    नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको...