नेम्वाङलाई सभामुख र नारायणकाजीलाई अर्थमन्त्री बनाउने ओली-दाहालबीच सहमति



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सभामुख कसलाई बनाउने भन्नेबारे नयाँ सहमति भएको छ ।

उनीहरुबीच पछिल्लो समय भएको नयाँ सहमतिअनुसार सभामुखमा पूर्व नेकपा एमालेबाट अहिलेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई ल्याउने मोटामोटी सहमति भएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले कुनैपनि हालतमा नेम्वाङलाई सभामुख बनाउने अडान लिएपछि अर्का अध्यक्ष दाहालले त्यसमा सहमति जनाएका छन् ।

हुन त यसअघि दाहालले सभामुखमा पूर्व माओवादी केन्द्रबाट बनाईनुपर्ने अडान राख्दै आएका थिए । तर, ओलीले कु्नैपनि हालतमा नेम्वाङलाई बनाईछाड्ने अडान लिएपछि दाहाल सम्झौता गर्न बाध्य भएका छन् ।

तर, उनीहरुबीच भएको नयाँ सहमतिअनुसार नारायणकाजी श्रेष्ठलाई भने उपप्रधान एवम् अर्थमन्त्रीमा ल्याउने तयारी छ । श्रेष्ठले हिजोमात्रै राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यस्तै, ओलीले बरु राष्ट्रिय सभाको अध्यक्षपनि पूर्व माओवादी केन्द्रलाई नै दिने तयारी गरेका छन् । प्रतिनिधिसभाको बैठक यही पुष २७ गते बस्दैछ । त्योभन्दा अघि सभामुखको नाम टुँगो लगाउनुपर्नेछ ।

अहिलेसम्म बैठक सर्नुमा नेकपाभित्र सभामुखको उम्मेद्वार चयन गर्न कठिन हुनु नै प्रधान कारण मानिएको छ । नेकपाले सभामुखमा दाबी गर्नेछ ।

 

त्यसो हुँदा अहिलेकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने हुन्छ । संविधानतः सभामुख र उपसभामुख फरक दल र फरक लिङको हुनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...