राजनीति

ओलीजत्तिको राजनेता कोही छैन : पूर्वआईजीपी सर्वेन्द्र खनाल

    नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक समारोहबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरे । पार्टी प्रवेशपछि सम्बोधनको अधिकांश समय खनालले ओलीको गुनगानमा खर्चिए ।