राष्ट्रपतिविरुद्ध गठबन्धनका चार दलको संयुक्त विज्ञप्ति



हाम्रो इकोनोमि

 

 

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सत्तारुढ गठबन्धनका चार दलले संयुक्त विज्ञप्ति निकालेका छन् । नागरिकतासम्बन्धी विधेयक निर्धारित १५ दिनको समयसीमाभित्र प्रमाणीकरण नगरेर राष्ट्रपतिले संवैधानिक व्यवस्थामाथि प्रहार गरेको गठबन्धनको ठहर छ ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको छ ।’ राष्ट्रपतिको कदमबाट नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबाबुका सन्तानले नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट बञ्चित भएको भन्दै दलहरुले चिन्ता व्यक्त गरेका छन् ।

यस्तै संविधानसभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य-मान्यतामा गम्भीर प्रहार भएको ठहर पनि उनीहरुको छ । ‘राष्ट्रपतिको यो कदमविरुद्ध सचेत रहन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संवैधानिक व्यवस्थाका पक्षधर सबै राजनीतिक दल, नागरिक समाज, बौद्धिक समुदाय, सञ्चार जगतलगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा यो बैठक आह्वान गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

साझा विज्ञप्तिमा गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाको भने हस्ताक्षर छैन । सो पार्टीकी एकमात्र सांसद दुर्गा पौडेलले प्रतिनिधिसभामा विधेयकको विपक्षमा मतदान गरेकी थिइन् । विज्ञप्तिमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...