एकाएक जनतामाझ राष्ट्रपति भण्डारीको लोकप्रियता बढ्यो



हाम्रो इकोनोमि

 

 

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निर्णय लिनु संविधानविपरीत हो भन्नेमा शंका छैन । तर, यो ‘लोकप्रिय’ निर्णय पनि हो । कार्यकालभरि अनेकौं विवाद र आरोप खेपेकी राष्ट्रपति भण्डारीले नागरिकता विधेयकका सन्दर्भमा एकदमै बोल्ड निर्णय लिएर आम जनतामाझ आफ्नो लोकप्रियता ह्वात्तै बढाएकी छन् ।

सामाजिक सञ्जालमा अहिले राष्ट्रपति विद्यादेवी भण्डारीको चर्को विरोधमा तपाईं धेरै स्टाटसहरु देख्नुहुन्छ । तर, त्यसले आम जनमतको प्रतिनिधित्व गर्दैन । जनमत त्यो हो, जुन समाचारहरुको कमेन्ट सेक्सनमा पोखिएको हुन्छ । कमेन्ट सेक्सन हेर्दा ८० प्रतिशतभन्दा बढीले राष्ट्रपतिकाे समर्थन गरेका छन् ।

नागरिकता सम्वन्धी विधेयकका केही अन्तरवस्तुहरु निकै विवादित थिए । खासगरि नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षको सक्रमण अवधि राख्ने प्रावधान हटाएर हाताहाति नागरिकता दिन सकिने प्रवन्धलाई निरन्तरता दिइएकोमा जनमानसबाट तीव्र विरोध भएको थियो । साथै, लै‌गिक समानताका  नाममा विदेशी भाञ्जाभाञ्जीलाई समेत नेपाली नागरिकता दिने गरी खुकुला प्रावधान राखिएका थिए । यसर्थ नागरिकता विधेयक खारेज हुँदा देशको ठूलो तप्का खुशी भएको छ र राष्ट्रपतिलाई धन्यवाद दिइरहेकाे छ ।

राष्ट्रपतिबाट हटेपछि सक्रिय राजनीतिमा कमब्याक गर्ने मनस्थितिमा छिन् भण्डारी । अहिलेको कदमले उनको भावी राजनीतिमा निकै ठूलो टेवा दिनेछ । जनताको नजरमा उनले आफ्नो उचाइ बढाएकी छन् र राष्ट्रवादी छवि कायम गरेकी छन् । यो कदमले भण्डारीलाई मात्र होइन, उनको राजनीतिक ब्याकअपका रुपमा रहेको एमालेलाई पनि चुनावमा फाइदा मिल्नसक्छ ।

संविधानको आँखाबाट हेर्दा चाहिँ राष्ट्रपतिको कदम एउटा गलत नजीर हो । यसले दीर्घकालसम्म प्रभाव पार्नसक्छ । भोलि आउने राष्ट्रपतिले यसैलाई नजीर मानेर यस्तै किसिमका निर्णय लिन सक्ने खतरा छ । यसर्थ सर्वोच्च अदालतबाटै यसको संवैधानिक व्याख्या र अन्तिम निरोपण हुनु वाञ्छनीय छ ।

 

प्रतिक्रिया दिनुहोस
च्याउ टिप्न गएका १४ महिला परिवारको सम्पर्कमा

    कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः परिवारको सम्पर्कमा...

च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका बेलडाँडी गाउँपालिकाका तीनजना महिलाको सकुशल...

बाढीपहिरोले यी राजमार्ग छन् अवरुद्ध

    लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण देशका ९...

बागमती सरकारबाट बाहिरिने एमालेको तयारी

    बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने तयारीमा रहेको...